९ -१५ जेठ २०७३ | 22-28 May 2016

लाग्ने महको शिकार

Share:
  
- युवराज श्रेष्ठ, लमजुङ

तस्वीरः युवराज श्रेष्ठ
मह काढ्न भीरमा टाँगिने डोरीको भर्‍याङ।

भ्वाइस मिडिया अमेरिकाका अब्दुल महशिर मह काढ्ने स्थानीयसँग कुराकानी गर्दै।

मह छान्दै।

महशिकारी आस्तन गुरुङ।

३०वैशाखमा उत्तरी लमजुङको घेर्मु–३ मा पर्ने चिप्लाको राँधीखोला भीरमा पुगेको अमेरिकाको भ्वाइस मिडियाका पाँच सदस्यीय टोली त्यसपछिको एक साता महशिकारको डकुमेन्ट्री खिच्न व्यस्त भयो। अघिल्लो सिजनमा ताघृङको महशिकारको डकुमेन्ट्री बेलायती टोलीले बनाएको थियो।

लमजुङका ताघृङ, घेर्मु, भुजुङ, बाहुनडाँडालगायतका गाविसमा पर्ने ठूल्ठूला भीरपहरामा वर्षमा दुई पटक वैशाख र कात्तिकमा भीरमौरीको मह काढिन्छ। अक्करे भीरमा हातले बाटेको डोरीको भरमा यसरी काढिएको मह गाउँका सबै घरका लागि बराबर भाग लगाइन्छ। डोरीमा झुण्डिएर मह झार्ने जोखिम मोलेका शिकारीले चाहिं दुई भाग पाउँछन्।

वैशाखको 'लाग्ने' र कात्तिकको 'नलाग्ने' मह मानिन्छ। 'लाग्ने' मह विशेषतः बाथ, हाडजोर्नीलगायतका विरामीलाई औषधिको रुपमा खुवाइन्छ। बढी स्वास्थ्यवर्द्धक हुने भएकोले वैशाखको महको माग बढी हुन्छ। एकै पटक बढी खाए वैशाखे महले वान्ता गराउने, टाउको दुखाउने र वेहोश समेत पार्ने ताघृङका बैंसबहादुर गुरुङ बताउँछन्।

भीरमौरीको मह काढ्दै।

मह काढ्न चढ्ने भर्‍याङे डोरी समाउँदै स्थानीयवासी।

ओडारमा बास बस्न राखिएका सामग्री।

पहिले महशिकारमा बूढापाकाहरु नै लाग्थे, तर अहिले युवकहरु पनि अग्रसर हुन थालेका छन्। राँधीभीरमा यसपटक १९ देखि ३२ वर्षसम्मका युवकहरु भिडेका थिए। तिनैमध्येका एक आस्तन गुरुङले पहिल्यैबाट सुन्दै–देख्दै आएकोले भीरमा खासै डर नलागेको बताए।

comments powered by Disqus

रमझम