४ चैत्र २०६९ | 17 March 2013

पश्चिमका हिमाल

Share:
  
- यात्रा थुलुङ

अन्नपूर्ण पैदल यात्राको मजा त्यसको कठिनाइमा छ। गत सिजनमा अन्नपूर्ण यात्राको क्रममा मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीका हिमाललाई नजिकबाट हेर्न पाइयो। हिमालपारिको मनाङ र मुस्ताङ जाँदा थोरङ ला पास पार गर्दा असंख्य हिमाल देखिए– कुनै नाम सुनेका, कुनै नाम नसुनेका। तर 'जून हेर्दा जूनै राम्रो, घाम हेर्‍यो घामै राम्रो' भनेझै एक से एक मोहक।

तस्वीरः यात्रा थुलुङ
थाप्लेहिल (३१०० मि.) कास्कीबाट देखिएको माछापुच्छ्रे हिमाल ६९९७ मि.।

पुनहिल, म्याग्दी (३२१० मि.) बाट देखिएको धौलागिरि हिमाल ८१६७ मि.।

तिलिचो बेसक्याम्प, मनाङबाट देखिएको खान्सार काङ पिक ७४८५ मि.।

हुम्दे, मनाङ (३३३० मि.) बाट देखिएको गंगापूर्ण हिमाल ७४५५ मि.।

घान्दु्रक, कास्की (१९४० मि.) बाट देखिने हिमचुली हिमाल ६४४१ मि.।

पुनहिल, म्याग्दी (३२१० मि.) बाट देखिएको गोर्जा पिक ७१९३ मि.।

हुम्दे, मनाङ (३३३० मि.) बाट देखिएको पिसाङ पिक ६०९२ मि.।

पुनहिल, म्याग्दी (३२१० मि.) बाट देखिएका अन्नपूर्ण फष्ट ८०९१ मि. बायाँ र अन्नपूर्ण साउथ ७२१९ मि. ।

comments powered by Disqus

रमझम