बर्माको सम्झना–१६

Share:
  


दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक

कसैलाई हैजा अनि कसैलाई जरो कसैलाई मासी, मर्ने मानिसको अन्तै नाही! कोही रूखमुनि सुतेका सुत्यै छ, कोही बाँसका झांगमा पल्टिरहेको छ, कोही बाटाको छेउमै मरेर दुर्गन्ध आइरहेको छ। नदी, पोखरीको छेउमा झ्न् धेरै मानिसै मानिसको लाश मात्र छ।

अनेक प्रकारको दुःखमाथि यही बाटामा चोरहरू पनि बेसी लाग्ने गरेको थियो। गोली गोलाको डरले भाग्दैछन् अनि यिनलाई रुपियाँ पैसाको माया छैन, जसोतसो गरी यिनका उद्देश्य आफ्ना देश पुग्नेछ। यिनलाई यति बेला जति पैसा मागे पनि पाइन्छ भनी बैलको गाडा चलाउने मानिसहरू भागेर आएका मानिससित कसमस गरी २०/– भाडा चलिआएको ठाउँमा १००/– माग्ने
गरे! १००/– दिएर हिंडाए अनि २ दिन हिंडेपछि लौ म त जान्न, मलाई जरो आउन लागेको छ भन्न लाग्दछन् र अलि किराया बढाइदिए मात्र जान्छु भन्छन्। हुन्छ हुन्छ २–४ रुपियाँ बढ्तै दिउँला भन्दा– होइन जम्मै कबोल गरेका रुपियाँ अहिले देउ अनि १५–२० रुपियाँ बढ्ता देऊ भन्थे। १००/– को ठाउँमा १२५/– दिए। १५–२० दिनको बाटोमा बल्ल ३–४ दिन हिंडे। पैसा पहिले लिइहाल्यो, अरू गाडा पाइन्न। दुनियाँलाई चाहिं राखेको छ। आफ्ना मालमत्ता लिएर आएका गाडावालाले दिनदिनै जान्न जान्न भन्ने कुरा मात्र गर्दैछ। आधा बाटो पुगेर बाझ्ी जुझ्ी मालमत्ता अलपत्र पारी फर्कन्छन्। अलि वर आएर अर्कैलाई झ्ुक्याई त्यही चाला गरी केही फुत्काउँछन्। यिनको यो चाल देखेर जम्मै गाडा सरकारको हुकुमले मात्र चल्ला अनि जुन गाडावालाले बाटामा यस्ता गोलमाल कुरा गर्ला, या भाग्नेहरूका उपर अपशब्द प्रयोग गरी थिचोमिचो गर्ला सिपाहीले गोली हानिदिनू भन्ने हुकुम भयो र अलि शान्ति भयो।


चोरहरूको पनि हूल चलिनै रहने। यिनी चोरहरू बाटामा दाउ हेरिरहने, जहाँ मान्छे एक्लै दुक्लै भेटे तिनका उपर आएर झुन्निए, हथियार देखाएर डराई धम्काई सँगमा ल्याएका जिनिस रुपियाँ पैसा लुटिलगे। अलि उनीहरूले भने जस्तो नभए मारी हाल्ने! चोरहरूको नीच कार्य बुझनलाई एउटा नमूना यहाँ दिइन्छः

एउटा बाहुन र बाहुनी आफ्ना घरबार गोठ छाडी बाटा लागेका थिए। घरदेखि एकै दिनको बाटो पुग्दै चोरहरूका फेला परिहाले। प्रथम, चोरहरू ३ जना थिए, आउनेवित्तिकै– ए तेरोमा जति धन छ, हामीलाई दिई हाल भनी भने। हात जोरेर हाम्रामा धेरै पैसा छैन, बाटाका खर्चलाई अलिकता ल्याएका छौं भन्दा नभन्दा एउटाले टाउकामा हथियार चलाइहाल्यो। बाहुनका टाउकाबाट रगतको धारा बहनलाग्यो। बाहुनी रुन कराउन थालिन्। ३ सय जति पैसा ल्याएको बाहुनले चोरका हवाला गरे। अझ्ै छ कि भनी बाहुन बाहुनी दुवैको कुटुरो आँगको लुगा जम्मै खोली हेरे, केही नदेख्ता जाउँ भनी पैसा लगेर चोर बाटा लागे। हिंड्ने बेलामा कुरा गर्दैछन्– मारी राखौं मारी राखौं भनी सल्लाह गर्छन्। बीचमा एउटाले जान देऊ पैसा पाइहाल्यौं भनेकोले दुवै प्राणी बाँचेर आए। बाहुन बाहुनी केही दिनका लागि जनकपुरमा छन्। दावले हानेको चोट ५ महीनामा बल्ल निको भएछ।

यस्ता चोरका लागि पनि सिपाहीहरूले भेटे गोली हान्नू भन्ने हुकुम भएको थियो। चोरहरूले कति सिपाहीहरूलाई नै सुताइदिए। यस बाटामा चोर, गर्मी, धूलो, अन्न हैजाको ठूलो कष्ट सहन गर्न पर्‍यो। र जनता रोई निस्कँदा चोरका लागि सिपाहीको पहरा, अन्न कष्ट दूर गर्न दाल चामल नुन तेलको बन्दोबस्त, हैजाको लागि डाक्टरहरू पठाइए अनि पछिपछि अलि सुविस्ता हुन गयो। गरीब जनता त सधैं दुःखी नै हुन्छन् अनि उनमा कष्ट सहन गर्न सक्ने सामर्थ्य धेरै हुन्छ, उस्ताहरूलाई दुःख भए तापनि हुँदैनथ्यो। ठूला र साधारण जन रुँदै थिए। एउटा रूखका फेदमा ५–७ जना मानिस ४–६ जना आईमाई ३–४ जना विश्वासी नोकर बसिरहेका छन्। लुगाफाटा देख्दा अनि उनका शरीरको कोमल अंगहरू देख्दा स्पष्टै थाहा होइजान्छ कि यिनीहरू धनी थिए हुनन्। आज यो दुर्गति छ, हिंड्दा हिंड्दा थाकेर आईमाईहरू यताउति ढल्की आशा र निराशा, बाटाको कष्ट असह्य दुःखलाई सम्झि मुर्झाएर चूपचाप छन्। मालिक पनि चूप सुस्ताइरहेको छ। नोकरहरू यताउति डुली डुली दाउरा पात ढुंगा खोजी केही पकाउने, खाने इन्तजाम गर्न लागेका छन्। जे सँगमा छ उही चीज पाक्यो। विशेषको प्रयोजन भए पनि पाइँदैन। सानैदेखि सुखपूर्वक बस्ने बानी भएको मानिसलाई भुईंमा सुत्न पर्दा रूखका मुनि धेरै कष्ट पर्न जान्छ। खाने बेलामा भने जस्तो खान नपाउँदा पनि कष्ट सम्झ्न्छ। जसको यहाँ आफ्नो देशमा कोही छैन, यहाँ कहिले आएको छैन, अनि धन सम्पत्ति छ्रैन– त्यस्ताको दुःखको त आरपार केही थाहा हुन्न। उहाँ सुखी जीवन बिताएका मानिस भारत आएर एक मुट्ठी खानको लागि हिंड्न पर्ला भनी सोच्दा कस्तै दृढ विश्वासी ठूला मुटु भएका मानिस पनि आतिदा रहेछन्। उपरोक्त परिवारका मानिस पनि बेला बखतमा यिनै कुराहरूको सम्झ्ना गरी गरी आँसु खसाल्दथे। एउटाको गहभरी आँसु देखेर अर्काको पनि आँखामा आँसु आउँदथ्यो। मुखले बोल्दैनन्, चूपचाप रुन्छन्। दुनियाँको घुइँचो छ, यो आँसुलाई कसले देख्छ र? आफू रुयो, सुस्तायो, खायो, अनि फेरि हिंड्यो। कहाँ जान्छौ भनी भने भारत जान्छौं, घर कहाँ? –– घर छैन! कति यस्ता परिवार बाटामा थिए। सुखी कोही छैन। सबै दुःखी, सबैको बिल्लीबाठ, सबैको सामु एउटा अत्यन्त कठिन सवाल! रोजी र जीविका सोच्दै विचार्दै मातृभूमिका शरणमा आइपुगे हुनन्।

मानिस भागेर देश जानलाई हिंडे, घरमा ताला लाएर छाडेको माललाई उहीं बसेकाले फोरफार पारी मालमत्ता बटुलबाटल पार्न थाले ।

comments powered by Disqus

रमझम