४ चैत्र २०६९ | 17 March 2013

विचित्रको कलाकार

Share:
  

तस्वीर: ऋषिराम कट्टेल

सुरवीर पण्डितलाई पर्दामा देख्नेहरु 'यो मान्छे अभिनय गर्नकै लागि जन्मेको हो' भन्छन्। अनि वास्तविक जीवनमा देख्नेहरु चाहिं उनका अनौठा व्यवहारबाट चकित हुन्छन्। कतिसम्म भने उनी पेट्रोल सकिन्छ भनेर मोटरसाइकल घिसार्दै सुटिङस्थल पुग्छन्। सुटिङकै समयमा चुम्बक लिएर फलामका टुक्रा र काँटीहरु जम्मा गर्छन्, बेच्ने भन्दै।

सुरवीर फिल्मबाहेक आयस्ताको अरु काम नभएकोले फ्याँकिएका फलामका टुक्राहरु खोजेर बेच्नुपरेको बताउँछन्, तर उनको आर्थिक हैसियत त्यस्तो छैन। काठमाडौं, बूढानीलकण्ठका रैथाने यी कलाकारको १५ रोपनी भन्दा बढी त जग्गा नै छ। जसलाई भेटे पनि नमस्कार गर्ने उनको बानीलाई विनम्र नै भन्नुपर्छ, तर निर्माता/निर्देशकलाई खुट्टामै ढोग्न पुगेर सबैलाई अप्ठ्यारोमा पारिदिन्छन्।

comments powered by Disqus

रमझम