४ चैत्र २०६९ | 17 March 2013

सिनेमा हलमा गोर्खा

Share:
  

विभिन्न फिल्म महोत्सवमा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल डकुमेन्ट्री हु विल बि अ गोर्खा २ चैतबाट काठमाडौं, पोखरा, बुटवल, धरान र बिर्तामोडका हलहरुमा प्रदर्शन हुँदैछ। पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पमा हुने भर्ती प्रक्रिया उतारिएको ७८ मिनेट लामो यो डकुमेन्ट्री प्रदर्शनका लागि लाहुरे समुदाय रहेको क्षेत्र नै रोजिएको निर्माण पक्षले जनाएको छ। निर्देशक केसाङ छेतेन आम दर्शकमा रहेको रुचिलाई ध्यानमा राखेर हलमा प्रदर्शन गर्न लागेको बताउँछन्। भन्छन्, “सिनेमा हलमा डकुमेन्ट्री रिलिज गर्ने दक्षिणएशियामै नभएको चलन नेपालमा हुनु खुशीकै कुरा हो।”

comments powered by Disqus

रमझम