४ चैत्र २०६९ | 17 March 2013

सिद्धार्थका स्वादिष्ट

Share:
  

तस्वीर: विक्रम राई
सिद्धार्थ स्पेसल नेपाली थाली।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको ललितपुरको धोबीघाटमा खुलेको दशौं (उपत्यकामा तेस्रो) आउटलेट सिद्धार्थ कटेज रेष्टुरेण्टमा जति शान्त वातावरण छ त्यति नै मीठो परिकार। दुई वर्षदेखि इण्डियन, चाईनिज र कण्टिनेण्टल स्वाद पस्किरहेको यो रेष्टुरेण्टको मेनुमा अण्डाको र्‍यापभित्र काजु पेष्ट गरिएको चिकन रेश्मी कबाब खास स्वादको छ। यसैगरी, चिकन–३३, टंग्री कबाब, चिकन लेकाली, चिकन कल्बी कबाब, चिकन पेपर कबाब र सिद्धार्थ मःम पनि सिद्धार्थ कटेज रेष्टुरेण्टमा स्वादका पारखीहरुलाई लट्ठाउने परिकार हुन्। त्यस्तै मटन सि कबाब र सिद्धार्थ स्पेसल नेपाली थाली पनि सिद्धार्थको विशेषता हो। १४ वर्षअघि कैलालीबाट रेष्टुरेण्ट व्यवसाय थालेका लक्ष्मण न्यौपानेको यो आउट लेटमा एक पटकमा ३०० ग्राहकले आ–आफ्नो रोजाइको स्वाद लिन सक्छन्। ठूला पार्टीका लागि २००० जना अटाउने हल पनि छ।

अनुशील

comments powered by Disqus

रमझम