४ चैत्र २०६९ | 17 March 2013

किलिमन्जारोमा नेपालका चेली

Share:
  

किलिमन्जारो हिमालको शिखरमा नेपाली टोली ।

सात महादेशकै अग्ला शिखर चुम्ने अभियानमा रहेको नेपाली महिला टोलीले २२ फागुनमा अफ्रिकी मुलुक तान्जानियामा रहेको ५८९५ मिटर अग्लो किलिमन्जारो हिमालको शिखर टेकेका छन्। सात जनाको नेपाली टोलीलाई तान्जानियाका तीन महिलाले साथ दिएका थिए, जसमा अफ्रिकन अभिनेत्री हलुबी म्बोया पनि थिइन्। यसअघि यो टोलीले संसारकै सर्वोच्च शिखर सगरमाथा, युरोपको रुसमा रहेको एलब्रुस र अष्ट्रेलियाको कोजियज्को चढिसकेको छ। किलिमन्जारो आरोहणपछि टोलीकी सदस्य शैली बस्नेतले भनिन्, “अब दक्षिणी अमेरिकाको अर्जेन्टिनामा रहेको अग्लो हिमाल अकोन्कागुआ चढ्नेछौं।'

उनीहरुसँगै हिमाल चढेकी अफ्रिकन अभिनेत्री हलुबी म्बोया ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गरिएको यो आरोहण टोलीमा बस्नेतसँगै पूजना आचार्य, चुनु श्रेष्ठ, माया गुरुङ, पेमा दिक्की शेर्पा, निम्डोमा शेर्पा र आशाकुमारी सिंह छन्। यो टोलीलाई नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, तान्जानिया सरकार र संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (तान्जानिया) लगायत संस्थाहरुले सहयोग गरेका थिए। आफ्नो टोलीले तान्जानिया र दक्षिण अफ्रिकामा नेपालको पर्यटन प्रबर्द्धन गरिरहेको तान्जानियाबाट बस्नेतले बताइन्।

comments powered by Disqus

रमझम