हृदयमा मधु हजुर, अधरमा हाँसी
विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी
आमी भालोवासी
आज स्वर्णप्रभातमा रविलाई देखेँ
रविबिम्बभित्र त्यही छविलाई देखेँ
तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी
विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी
आमी भालोवासी
सागरका लहरमा बहिरै’छौ तिमी
विश्वप्रेमको वीणा बजाइ गाइरै’छौ तिमी
सौन्दर्यका तरङ्गमा सत्यजस्तै भासी
विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी
आमी भालोवासी
प्रास्रास्रवीत् कविः सिन्धोः ऊर्मौ अधिश्रितः ।
कारुँ बिभ्रत् पुरुस्पृहम् ।
ऋग्वेद
तैरिरहेछ कवि सिन्धुका लहरहरूमा चढेर
विश्वमनोहारी वीणा बजाउँदै ।
माधव घिमिरे