१६–३० कात्तिक २०६८ | 2-16 Nov 2011

केवलपुरे किसान

Share:
  

(२९ चैत १९८३–२२ असोज २०६८)
उनी किसानका कवि थिए । कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित उनका कविता र गीतले तिनलाई क्रान्तिका लागि उक्साउँथे । वामपन्थी साहित्यकार तथा नेता मोदनाथ प्रश्रित उनलाई ‘व्यक्तिगत सम्पत्ति र जागिरको मोह नभएका सर्जक’का रूपमा सम्झ्न्छन् । झ्र्रा शब्दले शासकहरूलाई टर्रो प्रहार गर्ने उनले ‘बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन आफैँले गोरु जोतेर २००६ मै ‘पापी’, ‘नास्तिक’ जस्ता आरोप पचाएका थिए । यसबारे उनले लेखेका थिएः

हलो जोत्न हुन्छ भन्दै गोरु मैले नारेँ,

लामीडाँडा केवलपुरमा दिउँसै रात पारेँ ।

८५ वर्षअघि विद्यादेवी र हरिप्रसाद पौडेलबाट धादिङको केवलपुरमा जन्मिएका देवीप्रसाद पौडेल २०१६ सालपछि ‘केवलपुरे किसान’का रूपमा नेपाली लोक साहित्यमा छाएका हुन् । उनको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणी मा छापिएको थियो । त्यसपछि बाघ आयो (२००९), नेपाल नछो ! (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), सङ्घर्षको ठीक गर (२०१६), शङ्कैशङ्का (२०५४), बोकी खस्यो (२०५४) लगायतका गीत र कविता सङ्ग्रह प्रकाशित भए । आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरको आन्द्रा भुँडी (अडियो) का साथै जीवनसँगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन् ।

१५ वर्षमा काठमाडौं छिरेका केवलपुरे ठिटो देवीप्रसाद तीनधारा संस्कृत पाठशालामा पढ्दा भावी नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने ‘जयतु संस्कृतम्’ को एक अभियन्ता पनि बने । संस्कृत पाठशालामा नागरिक शास्त्र, विज्ञान, अङ्ग्रेजी जस्ता विषय थप्ने मागबाट शुरु भएको यो विद्यार्थी आन्दोलन अन्ततः राणाविरोधी राजनीतिक आन्दोलनमा परिणत भयो, अरू धेरै विद्यार्थीसँगै उनी पनि पाठशालाबाट निकालिए र बनारस पुगेर पुष्पलाल श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, युद्धप्रसाद मिश्र आदिको मण्डलीमा समावेश भए । एक छोरा र दुई छोरीका बाबु केवलपुरे किसानलाई नेपाली समाजले किसानका कविसँगै सांस्कृतिक नेताका रूपमा सम्झ्रिहनेछ ।


गोविन्ददेव भट्ट

(३ साउन १९९६–२५ असोज २०६८)
हृदयघातबाट २५ असोजमा काठमाडौंमा निधन भएका गोविन्ददेव भट्ट माक्र्सवादी दर्शनका गिनेचुनेका विद्वान् र नेपाली साहित्यमा प्रगतिवादी धारका स्वनामधन्य समालोचक थिए । केवलपुरे किसान, डोरबहादुर बिष्ट, जनकप्रसाद हुमागाईं, श्यामप्रसाद शर्मा, कुलमानसिं भण्डारी आदिसँग सधैँ निकट रहेका लेखक–चिन्तक भट्टको विचारसँग असहमत वा लेखन र चिन्तनको गहिराइ नबुझनेहरू पनि उनलाई एक शान्त, सौम्य र भद्र विद्वान्का रूपमा चिन्दथे । खगेन्द्र सङ्ग्रौला जस्ता कसैलाई बाँकी नराख्ने वाचाल आलोचक पनि भट्टलाई माक्र्सवाद र दर्शनशास्त्रका गुरु मान्दथे ।

रौतहटको पुरेनवामा जन्मेर काठमाडौंको त्रिचन्द्र कलेजहुँदै भारतको बनारस विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गोविन्ददेव भट्टका शान्ति सन्देश (लघुकाव्य), सत्यबहादुरको कथा (काव्य), युगविजय (लघुकथा), नेपाल बुझने समस्या (समाजशास्त्रीय विवेचना), आधुनिक युग (समालोचना), आधुनिक साहित्य (समालोचना), अन्तर्विरोध (अनुवाद), गधा र मानिस (निबन्ध सङ्ग्रह) लगायतका कृति छन् । उनलाई सिद्धहस्त प्रगतिवादी समालोचकको रूपमा भने नयाँ साहित्यकार र गोविन्द भट्टका समालोचना सङ्ग्रह ले स्थापित गरेका हुन् । उनको सानो आकारको किताब नेपाल बुझने समस्या ले नेपालको इतिहास, समाज र संस्कृतिसँगै समस्या समाधानको प्रगतिवादी दृष्टिकोण प्रस्तुत गरेको छ ।

२०५१ सालमा गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भएका भट्ट २०५२ मा निजी क्षेत्रको श्री सगरमाथा दैनिकका प्रधान सम्पादक भए । नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष, जनसांस्कृतिक महासंघ र बुद्धिजीवी परिषद्को सल्लाहकार तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रहिसकेका भट्टले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता शुरु गरेका थिए । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) मा आठ वर्ष विशेषज्ञका रूपमा काम गरेका र चिनियाँ विज्ञान एकेडेमीमा अतिथि प्राध्यापक तथा नेपाल–चीन अध्ययन केन्द्रका उपाध्यक्ष समेत भएका भट्ट चीनविज्ञका रूपमा पनि चिनिन्थे । माक्र्सवादी दर्शनका प्रशिक्षक रहेका उनको दर्शनशास्त्रमै विद्यावारिधि गर्ने चाहना भने अधुरै रह्यो । भट्टका श्रीमती र दुई छोरी छन् ।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम