११ चैत्र २०६९ | 24 March 2013

गर्मीको मौसममा मेकअप

Share:
  

शब्द: देवयानी सिवाकोटी

तस्वीरः देवयानी सिवाकोटी
डाक्टरी पढिरहेकी काठमाडौंकी सोनी लव गर्मी मौसम शुरु भएकोले अनुहारको मेकअपमा विशेष ध्यान दिन थालेकी छन्। उनी मुहारमा बढीजसो कम्प्याक्ट पाउडर ह्वाइट लगाउन रुचाउँछिन्। सोनी भन्छिन्, “सुक्खा मौसममा ओंठ फुट्ने हुनाले रेभलनको लिभ बाम पनि लगाउँछु।”

अर्की विद्यार्थी विनिता शाहलाई गाजलमा मिस क्लियर लगाउन मन पर्छ। लोटस ब्राण्डको लिपिस्टिक लगाउने उनले गर्मीमा घर बाहिर निस्कँदा अनुहारमा ल्याक्मी कम्प्याक्ट पाउडर लगाउने गरेको बताइन्। गृहिणी सोनम लामा (शाक्य) भने गर्मी मौसममा ड्राई मोइस्चराइजर, वाटर प्रुफ आइलाइनर र घामबाट जोगिन सन ब्लक क्रिम चलाउँछिन्। गर्मीमा मस्चराइजर क्रिम बढी प्रयोग हुन्छ। धेरै मेकअप नरुचाउने महिलाहरु भने भ्यासलिन क्रिम चलाउँछन्।

विनिता शाह, सोनी लव र सोनम लामा (शाक्य)

ललितपुर कुसुन्तीस्थित मेरी गोल्ड ब्युटी पार्लरकी ब्युटिसियन शकुन्तला गुरुङ (सिवाकोटी) गर्मी मौसममा अनुहार सफा गर्ने क्लिन्जिङ बढी गरिने बताउँछिन्। सुहाउँदो मेकअपका लागि ब्रान्डेड कस्मेटिक्स नै चाहिंदैन, तर त्यो प्रयोग गर्नेको छाला अनुसारको हुनुपर्छ। उनका अनुसार, गर्मीमा स्वीमिङ गर्दा घामबाट जोगिन सन ब्लक प्रयोग गर्दा राम्रो हुन्छ भने आँखाको सुन्दरताका लागि होममेड गाजल नै प्रयोग गर्न सकिन्छ।

comments powered by Disqus

रमझम