११ चैत्र २०६९ | 24 March 2013

नेपालमै व्यावसायिक सर्कस

Share:
  

सर्कस काठमाडौं नामक नेपाली संस्थाले व्यावसायिक सर्कस प्रदर्शन थालेको छ। सर्कस काठमाडौंमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'फ्रिडम म्याटर्स' ले भारतका विभिन्न सर्कसबाट उद्धार गरेर ल्याएका १३ जना नेपाली पर्फमर छन्। अहिले उनीहरुलाई फ्रिडम म्याटर्ससँगै 'सानो पाइला' नामक संस्थाले सहयोग गरिरहेको छ। यसमा १३ देखि २२ वर्षसम्मका पर्फमर छन्। २–३ चैतमा ललितपुरको डीएभी स्कूलमा कला देखाएको यो समूह आउँदो साता प्रदर्शनकै लागि बेलायत जाँदैछ। “त्यहाँबाट फर्केपछि नेपाल टुरमा जानेछन्”, 'सानो पाइला'का कञ्चन झा भन्छन्।

comments powered by Disqus

रमझम