१६–२९ माघ २०६८ | 30 Jan-12 Feb 2012

सुशीला रायमाझी

Share:
  

२०१३–२०६८
प्रसिद्ध अभिनेत्री सुशीला रायमाझ्ीको ५५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको १२ माघमा राजधानीको बी एण्ड बी अस्पतालमा निधन भयो । रेडियो नाटकबाट करिअर आरम्भ गरेकी सुशीला अभिनयको गुणवत्ताको हिसाबले अत्यन्त थोरै अभिनेत्रीमा पर्छिन् । पछिल्लो समय उनी चलचित्र निर्माणमा पनि सक्रिय थिइन् ।

चलचित्रको पर्दामा प्रायः घरानियाँ र छुच्ची महिलाको भूमिकामा देखिने सुशीला रायमाझी वास्तविक जीवनमा भने अत्यन्त सरल थिइन् । दुई दशकअघिको नेपाली टेलिफिल्मका दर्शकले उनलाई रूपमती को सासूको रूपमा सम्झ्न्छन् । स्व. प्रकाश थापाद्वारा निर्देशित सिन्दूर चलचिलत्रबाट ठूलो पर्दामा अभिनय यात्रा थालेकी थिइन् । उनले युगदेखि युगसम्म, आमा, सुपरस्टार, कहाँ भेटिएला, सानो संसार, नाता रगतको, माया नगर, म तिमी विना मरिहाल्छु लगायतका दर्जनौँ चलचित्रमा अभिनय गरेकी छन् । सुशीलाका दुई छोरी छन् ।

comments powered by Disqus

रमझम