लाग्छ, नेपालीहरूको देशको चिन्ताको सबभन्दा महŒवपूर्ण भाग देशको उत्रति, प्रगति, सुव्यवस्था होइन, देशको छवि हो । देशको चिन्ता गर्नु भनेकै नेपालको छवि टल्काउनु हो । यसलाई बाहिरियाहरूले महान् भइकन पनि गरीब वा गरीब भइकन पनि महान् मुलुकका रूपमा चिनून् र भित्रकाहरू महानताको गुणगानमा यस्तरी मग्न होऊन् कि आफ्ना आवश्यकता र अधिकारका बारेमा पनि बोल्न बिर्सियून् । नेपालको छविको उज्यालोको टलकमा नेपालीका दुःख–दर्दहरू नै हराएर जाऊन् ।
नेपालको गौरव बढाउने र छवि टल्काउने उद्योग अनेक मोर्चाबाट चलिरहेको छ । जसमध्येको पहिलो हो बुद्ध मोर्चा । बुद्ध भनेका शान्तिका प्रवर्तक हुन् र उनको नामबाट शान्तिको बाटामा भएका सबै खाडल पुरिन्छन् । संसारभरबाट पर्यटक ओइरिन्छन् र नेपालीका दुःखका दिन सकिन्छन्– बुद्ध मोर्चाले पञ्चायतकै पालादेखि अपनाएको सूत्र यही हो, जसका पात्रमा परिवर्तन आउँदा वाक्य गठन यताउता परे पनि यसका पनि ‘की वर्ड’ उनै हुन् ।
बुद्ध मोर्चाको एक मात्र मन्त्र हो, “बुद्ध नेपालमा जन्मिएका हुन् !” कसैले “बुद्ध नेपालमा जन्मिएका होइनन्” भनिदिएन भने यस मोर्चाका सिपाहीहरू आफ्नो मोर्चाको औचित्य नै सङ्कटमा परेको अनुभव गर्छन् । त्यसका लागि उनीहरू एउटा बुख्याँचा उभ्याउँछन्, त्यसको छातीमा ‘इण्डिया’ लेखेको बोर्ड झ्ुण्ड्याउँछन्, त्यसका मुखमा “बुद्ध भारतमा जन्मिएका हुन्” भत्रे कसैको खुद्रा दाबी कोचिदिन्छन् र त्यसलाई “बुद्ध नेपालमा जन्मिएका हुन्” भत्रे वाक्यको तारो हात्र थाल्छन् । बुख्याँचाले प्रतिकार गर्ने कुरै भएन । अनि उनीहरू मौन रहेको अभियोगमा त्यसलाई धुल्याउन लागिरहन्छन् । बुद्ध लुम्बिनीमा जन्मेका हुन् र लुम्बिनी नेपालमा पर्छ भत्रे संसारले मानेको सत्य छाडेर “बान–की मुन नेपाल आएनन् अब बुद्धको जन्मस्थल भारत सावित हुने भो” भत्रे स्तरको चिन्ता प्रकट गर्छन् र त्यो चिन्तालाई निरर्थक मात्रेहरूलाई सजिलै राष्ट्रघाती मानिदिन्छन् ।
यस मोर्चाका कमाण्डर र सिपाहीहरूसँग “बुद्ध नेपालमा जन्मिएका हुन् !” भत्रेभन्दा थप कुरा किन छैनन् भने उनीहरूलाई बुद्धले देखाएका चार आर्य सत्य, अष्टाङ्ग मार्ग आदिका बारेमा फुट्टी मतलब छैन । अहिंसा र त्यागको प्रतिलोम उनीहरूको जीवनशैली हो तर पनि उनीहरू बुद्ध मोर्चाका स्वघोषित महायोद्धाहरू हुन् । त्यागका लागि नाम कमाएका व्यक्तिका नाममा सङ्ग्रह त सबैले गरेका छन्, उनीहरू पनि गर्लान् । तर “ए हजुर, लुम्बिनीको गर्भगृहमा प्रवेश गर्नुअघि रगत कटकटिएका हात धुने कि ?” भनेर सोध्नुलाई पनि उनीहरू घोर अनर्थ मान्छन् ।
सिद्धार्थ गौतमले परम्परागत राज्यसत्तासित लामो सङ्घर्ष गरेर पनि त्यसलाई फेर्न नसकेपछि महाभिनिष्क्रमण गरेका थिए, बुद्ध मोर्चाका कमाण्डरहरू राज्यसत्तासित मिलेर बुद्धवाणीको प्यारोडी रच्ने सुरमा देखिन्छन् । नेपालको छवि त्यस्तै उस्तै हो, उनीहरू आफ्नो छविमा शान्तिको टलक लगाउने प्रभावकारी पात्रका रूपमा बुद्धलाई अब्युज गर्न लाग्दैछन् ।