१८ चैत्र २०६९ | 31 March 2013

जुत्ताका सान

Share:
  
- देवयानी सिवाकोटी

तस्वीर: देवयानी सिवाकोटी

आधुनिक तन्नेरीहरुको फेशनमा जुत्ता महत्वपूर्ण 'आइटम' हो। केटीहरु पहिरन र श्रृंगारमा बढी ध्यान दिन्छन् भने केटाहरुको क्रेज जुत्तामा हुन्छ। नेपाली युवकहरुको यो इच्छापूर्तिका लागि बजारमा अनेकौं स्वदेशी–विदेशी ब्राण्डहरु प्रतिस्पर्धामा छन्– गोल्डस्टार, शिखर, बिएफ डियर हिल, फूट ल्याण्ड, स्काई, एडिडास, नाइकी, रिबोक आदि।

नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका अनुसार, नेपालमा वार्षिक ७० लाख जोर जुत्ताको माग छ, जसमा ५० प्रतिशत स्वदेशी उत्पादनले धानेको छ। वार्षिक १५ प्रतिशतले बढिरहेको जुत्ता बजारमा नेपाली उत्पादन रु.३०० देखि रु.३००० सम्ममा पाइन्छन् भने अन्तर्राष्ट्रिय ब्राण्डका जुत्ताहरु त्योभन्दा धेरै महँगा छन्।
भक्तपुरका राजन बज्राचार्य (१९) लाई कोरियन र भियतनामी टियर ब्राण्डकै जुत्ता मन पर्छ। टियरका फ्लाट जुत्ताहरु ब्ल्याक, ह्वाइट, ब्ल्यु, रेड जुनसुकै रंगमा पाइन्छ।

ललितपुर कुसुन्तीका उत्सव थापा (१५) भेन्स ब्राण्डका जुत्ता मन पराउँछन्। चर्चित म्युजिक ब्याण्ड ग्रञ्ज र हार्डकोर पंकका कलाकारहरुले लगाएको देखेर उनको पनि यो ब्राण्डमा मन बसेको हो। जुनसुकै मौसममा लगाउन मिल्ने अमेरिकी भेन्स जुत्ता स्टाइलिस पनि छ।

दुई वर्षदेखि सिभिल मलमा जुत्ता पसल चलाइरहेका काठमाडौं बसन्तपुरका आकाश पौडेल (२०) रु.१८०० देखि रु.४५०० सम्म पर्ने विभिन्न डिजाइनका कन्भर्स र स्पोर्टस् जुत्ता धेरै बिक्री हुने बताउँछन्।

comments powered by Disqus

रमझम