१८ चैत्र २०६९ | 31 March 2013

कहाँ के?

Share:
  

ह्युम्यान राइट फिल्म

उत्तरढोकाको एट्टिक बारमा २४ फागुन देखि १८ चैतसम्म हरेक दिन बेलुका ७ बजे मानवअधिकार र जेण्डर सम्बन्धी ह्युम्यान राइट फिल्म सेरिज, महत्वपूर्ण डकुमेण्ट्रीहरुको स्त्रि्कनिङ।

पर्यटन प्रबर्द्धन

पोखराको वेगनास ताल वरपर १७ चैतमा हिमालयन रस। स्वस्थ, समुदायमा आधारित पर्यटन प्रबर्द्धनका निमित्त दौड, पौडी, साइक्लिङ। सम्पर्कः ९८५१०२१८५२ वा ९८५११०२०४६

खानासँगै सिनेमा

ललितपुरको झम्सिखेलस्थित ब्याकयार्ड क्याफेमा १९ फागुनदेखि १५ चैतसम्म हरेक बिहीबार बेलुका ६:३० बजे स्वादिला खानासँगै राम्रा सिनेमाको मज्जा।

कला प्रदर्शनी

बबरमहलको सिद्धार्थ आर्ट ग्यालरीमा ११ चैतदेखि ४ वैशाखसम्म उमाशंकर शाह र सीमा शर्मा शाहको एक्स्प्रेसन अफ डिभोसन। पाटनढोकाको इमेज आर्क ग्यालरीमा १५ चैतमा फ्रेञ्च कलाकारहरु निकोलस हेनरी र फ्लोरियन डे लास्सीको युगल प्रदर्शनी विद लभ फ्रम फ्रान्स।

पाटन दरबारमा सुनौलो ढोका

लामु अमात्यले आफ्ना श्रीमान् भुवनेश्वर र सासू सीतादेवीको स्मृतिमा उपलब्ध गराएको यान्ताजु मन्दिर र जर्मन सरकारको लगानीमा काठमाडौं उपत्यका संरक्षण कोषले पाटन दरबारको मूलचोक पटाङ्गिनीमा पुनःस्थापित सुनौलो ढोकाको हालै एक समारोहका बीच उद्घाटन गरियो।

comments powered by Disqus

रमझम