२५ चैत्र २०६९ | 7 April 2013

ललितपुर महोत्सवको रौनक

Share:
  

तस्वीरहरूः मीनरत्न बज्राचार्य

कला, संस्कृति र सम्पदाको धनी ललितपुरलाई १५ चैतदेखि शुरू भएको ललितपुर महोत्सवले थप रौनक बनाएको छ। 'कला, संस्कृति र सम्पदा–हाम्रो सभ्यता, सामाजिक, आर्थिक विकासका लागि–ललितपुर महोत्सव' भन्ने नारा बोकेको महोत्सवको मुख्य आकर्षण भनेकै यहाँको मौलिक संस्कृति, जीवनशैली, भेषभुषा, परम्परागत बाजागाजा, हस्तकला तथा खानपान रहेका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी महोत्सवले ललितपुुरका टोलटोलमा रौनकता छाएको बताउँछन्। ललितपुर उपमहानगरपालिकाभित्रका ८० वटा टोलमा स्थानीय उत्पादन र झाँकी प्रदर्शन गरिएको महोत्सवमा मुख्य व्यापारिक केन्द्र र टोलटोलमा गरी १०० स्टल छन्। महोत्सवमा नेवारी परम्पराअनुसार जंकु गरिसकेका दुई हजार वृद्धवृद्धालाई सम्मान गरिएको छ। २१ चैतमा महोत्सव सकिंदासम्म १० लाख दर्शकले अवलोकन गर्ने तथा रु.५० करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम