१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

सँगसँगै दाजुभाइ

Share:
  
- ऋषिराम कट्टेल
चलचित्र तथा संगित क्षेत्रमा संगसंगै काम गरेर थुप्रै दाजुभाइ जोडीले नाम र दाम कमाइरहेका छन् ।

सत्यराज र स्वरुपराज आचार्य ।
नेपाली चलचित्र तथा संगीतको क्षेत्रमा काम गर्ने दाजुभाईको संख्या निकै ठुलो छ । एउटै क्षेत्रमा हुँदा काम गर्न र नाम बनाउन सजिलो हुने धेरैको अनुभव छ । सुगम संगीतका उम्दा गायकदेखि चलचित्र संगीतकारसम्मको पहिचान बनाएका दाजुभाई सत्यराज आचार्य र स्वरुपराज आचार्यको सहयात्रा धेरैका लागी उदाहरणीय बनेको छ । एक दशकदेखि संगीतकर्ममा समर्पित यी दाजुभाईको नाम ब्रान्ड नै बनेको छ, सत्यस्वरुप । दर्जनौ लोकप्रिय गीतसंगीतबाट श्रोतामाझ चर्चित बनेका सत्यस्वरुप संगै गीत गाउँछन्, संगै संगीत सिर्जना गर्छन् र संगै कार्यक्रम चलाउँछन् । पछिल्लो समयमा उनीहरुले आधादर्जन भन्दा बढि चलचित्रमा एकसाथ संगीत दिइरहेकाछन् । दुवै एकै स्वरमा भन्छन, “नेपाली संगीत क्षेत्रमा मात्रै हैन अरु धेरै क्षेत्रका लागि हाम्रो सहयात्रा उदाहरण हो जस्तो लाग्छ ।” चलचित्र संगीतमा यी दुई मात्र होइन रामलक्ष्मण, मिङ्मा शेर्पा–दावाछिरीङ शेर्पा लगायतका दाजुभाई पनि जम्दै गैरहेकाछन् ।

रमेश बुढाथोकीलाई आफ्नो परिवारबाट कला क्षेत्रमा अरु पनि आउलान भन्ने नलागेको थिएन रे । तर आफ्नो पथ पछ्याउदै आफ्नै भाई महेन्द्र यसै क्षेत्रमा आएको देखेर उनी अचम्मित भए । रंगमञ्च हुदै नेपाल टेलिभिजनको स्थापनासंगै टेलिफिल्म निर्देशन÷अभिनयतिर लागेका उनले नेपालकै पहिलो टेलिफिल्म बाचा बिर्सेको छैन देखि ९८० भागको मेघा सिरीयल कस्लाई आफ्नो भनौ सम्म निर्देशन गरेका छन् । रमेश भन्छन्, “म यस क्षेत्रमा भएकाले भाई पनि यसै क्षेत्रमा केही गर्छु भनेर आयो, उसमा निर्देशकीय क्षमता अनि ‘क्रियटीभिटी’ पनि धेरै थियो । मैले अझ पनि प्रोत्सहन गरे । आज ऊ राम्रो निर्देशकको रुपमा चिनीएको छ मलाई यसैमा गर्व लाग्छ ।” महेन्द्र बुढाथोकीले अहिले चलचित्र निर्देशनको क्षेत्रमा आफ्नै नाम बनाएका छन । मूलघर विराटनगरमै रहदा रंगमञ्चमा सक्रिय महेन्द्र दाईसंगै काम गर्न राजधानी हान्निएपछि दाइका निर्देशनमा रहेका विभिन्न टेलिचलचित्र र चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरे । संगम, आधी तुफान, त्रिवेणी, मैदान लगायतका चलचित्रका निर्देशक महेन्द्रले निर्देशन सिकाउने दाईलाई आफ्नै निर्देशनमा अभिनय पनि गराए । महेन्द्र भन्छन्, “दाई त मेरो यो क्षेत्रका गुरु नै हो । केही असहज त हुन्थो शुरुमा तर दाईले सल्लाह सुझाव दिनुहुन्थो ।” रमेश र महेन्द्र दाजुभाई एउटै क्षेत्रमा हुदा हरेक काममा सहयोग मिल्ने बताउछन ।

तुलसी र श्रवण घिमिरे ।
नेपाली चलचित्रमा निर्देशन शुरु गर्दादेखि नै निर्देशक तुलसी घिमिरे र उनका भाई श्रवण घिमिरे प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहकार्य गर्दै आएका छन् । तुलसीले निर्देशन गर्ने अधिकांश चलचित्रमा श्रवण निर्माता रहदै आएका छन । त्यसो त लाहुरे देखि देश सम्म आइपुग्दा तुलसी घिमिरेद्धारा निर्देशित पछिल्लो चलचित्रमध्ये थुप्रैमा श्रवणले अभिनेताको भुमिका निर्वाह गरेका छन । श्रवण भन्छन, “हामी दुई दाजुभाइको गजब्बकै सहयात्रा भएको छ चलचित्र क्षेत्रमा ।”

अचेल ननस्टप निर्देशकको रुपमा कहलिएका शोभित बस्नेत पनि आफ्नो परिवारबाट एक्लै छैनन चलचित्र क्षेत्रमा । उनका भाई जयकिसन बस्नेत पनि उनकै साथमा छ । जयलाई दाई शोभितका अधिकांश चलचित्रमा हिरोको रुपमा देख्न सकिन्छ भने जयले निर्माण गरेका चलचित्र शोभितले नै निर्देशन गर्दै आएका छन । शोभित भन्छन, “दुवै दाजुभाई एकै क्षेत्रमा हुदा धेरै कुरामा सहज हुने रहेछ ।” दाई सुरविर पण्डितले कलाकारिताको क्षेत्रबाट नाम कमाएको देखेर भाई माधवदत्त पण्डित पनि दाईकै पछि नलागी रहनै सकेनन् । त्यसैले शिक्षण पेशा छाडेर दाइसंगसंगै अभिनयमा हाम फाले उनले । दाईको जस्तो अभिनयमा लोकप्रियता नकमाए पनि निर्माण नियन्त्रण उनले सफलता पाएका छन् । कुनै बेला दाई सुरवीरले डोे¥याएर निर्देशककहाँ फिल्म खेलाउन पु¥याउथे उनलाई तर अहिले आफै दाईलाई चलचित्र खेल्नलाई निर्माता निर्देशककहाँ पु¥याउछन । माधव अहिले नेपाली चलचित्रका थोरै राम्रा निर्माण नियन्त्रकमा मात्र पर्दैनन्, उनी निर्माता पनि बनेका छन । निर्देशक किशोर रानाका भाई रन्जित राना पनि दाईलाई निर्देशनमा सघाउदै अहिले ठुलो पर्दाको निर्देशक बनेका छन् । उनले बाटुली र साहारा गरि दुई चलचित्र निर्देशन गरिसकेका छन् ।

धुर्मुसको भुमिकाबाट दर्शकमाझ लोकप्रियता कमाएका सीताराम कट्टेल र उनका भाई कुमार कट्टेल पनि एकै क्षेत्रमा छन । मेरी वास्सै श्रृंखलामा ‘जिक्रीहजुर’ को भुमिकाबाट लोकप्रिय बनेका उनी हालै मात्र चलचित्र निर्देशन अध्ययनका लागि बेलायत उडेका छन् । “म पनि यसै क्षेत्रमा छु भाइले पनि यसै क्षेत्रमा रुचि देखाएकाले चलचित्र निर्देशनमा ल्याउनका लागि पढ्न पठाएको हुँ । हामी दाजुभाई एकै क्षेत्रमा संगसंगै नै काम गर्छौं”, सीतारामले भने । यस वाहेक हास्य कलाकार गोपाल नेपाल फिष्टे र उनका भाई निरज नेपालको पनि कर्मक्षेत्र एउटै बनेको छ । फिष्टेले निर्देशन गर्ने लगन जुर्ला जस्तो छ शृंखलामा उनका भाई निरज मुख्य सहायक निर्देशकको रुपमा काम गर्छन भने आफ्नै काका जितु नेपालले निर्देशन गर्ने जिरेखुर्सानी मा पनि मुख्य सहायक निर्देशककै रुपमा काम गर्दै आएका छन् । जितु नेपालका दाई कमल नेपाल पनि जिरेखुर्सानी मा भाईसंगै अभिनय गर्दै आएका छन् । कुनै समयका चल्ती नायक रमेश उप्रेति अहिले अमेरिका पलायन भए पनि उनका भाई दिवस उपे्रति विभिन्न चलचित्रमा नायकको रुपमा देखिदै आएका छन ।

रमेश र महेन्द्र बुढाथोकी ।
यता मोडल आङतेम्वा शेर्पाले स्वदेशी÷विदेशी विज्ञापनमा मोडलिङसंगै द सनराइज नामक चलचत्रिमा अभिनय गर्दैछन् । भाईले मोडलिङ÷अभिनयबाट पाएको ख्यातिसंगै उनका दाई आङकामी शेर्पा पनि पर्यटन व्यवसायसंगै सानो÷ठुलो पर्दाका चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।

अहिलेका व्यस्त नायक विराज भट्टका भाई कृष्ण भट्ट पनि चलचित्र क्षेत्रमै आएका छन् । उनले दाईसंगै सलाम छ मायालाई र भीष्मराज मा नायककै भमिकामा देखापरेका छन् । भैगोनी त थेगोबाट दर्शकमाझ पहिचान बनाएका विष्णु सापकोटा र उनका दाई गणेश सापकोटा कलाक्षेत्रबाटै आफ्नो करिअर अघि बढाइरहेका छन् । गणेशले निर्माण नियन्त्रणमा सफलता पाइरहेका छन् भने बिष्णुले कलाकारितामा । कलाकार तथा वरिष्ठ छाँयाकार दीपक ढकाल, छाँयाकारहरु शिव, किशोर, रत्न गरि एकै परिवारका ४ दाजुभाई छायांकनकै क्षेत्रमा छन् । केही वर्ष अघिसम्म अधिकांश चलचित्रमा शिव र किशोर संयुक्तरुपमा छायाकन गर्थे ।अहिले शिव र रत्न संयुक्तरुपमा क्यामेरा चलाउँछन । किशोर ढकालले केही चलचत्रि निर्देशन पनि गरेका छन ।

comments powered by Disqus

रमझम