१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

‘संविधानसभामाथिको प्रहार बन्द गर’

Share:
  
नीलाम्बर आचार्य सभापति, संवैधानिक समिति

संविधानसभाले आफ्नो काम गर्न नसकेको हो ?

नेपाललाई संविधान दिने, नेपालको शासनव्यवस्था कायम गर्ने, सरकार निर्माण गर्ने सबै काम यसले गरिरहेको छ । तर पछिल्ला दिनहरूमा देशको सर्वोच्च निकाय संविधानसभाका विरुद्ध आवाज सुनिन थालेको मैले महसुस गरेको छु ।

संविधानसभाले जनताको पक्षमा राम्रो काम गरोस् भनेर पनि भनिएको हुनसक्छ नि !

यो वा त्यो कारण देखाएर संविधानसभाले राम्रो काम गर्न सकेन भनेर यसको अस्तित्व मेटाउन खोजियो भने पहिलेदेखि नै संविधानसभाको विरुद्धमा रहेकाहरूलाई मद्दत पु¥याउँछ । संविधानसभाले राजतन्त्र उन्मूलन ग¥यो– राजतन्त्रका पक्षपातीलाई मद्दत पु¥याउला, संविधानसभाले गणतन्त्रको घोषणा ग¥यो– गणतन्त्र विरोधीलाई मद्दत पु¥याउला, संविधानसभाले सङ्घीयताको आवाज उठायो– सङ्घीयता विरोधीलाई मद्दत पु¥याउला । त्यसैले संविधानसभाले गर्न नसकेको कामको आलोचना गरेर संविधानसभालाई बलियो बनाउन खोज्नु अनुचित होइन, तर, जनताका प्रतिनिधि बेकामे भए, संविधानसभा काम नलाग्ने भयो भनेर यसको बद्नाम गर्ने माहोलमा बौद्धिक समुदाय, नागरिककर्मी र राजनीतिककर्मीहरूको पनि स्वर सुन्दा दुःख लागेको हो ।

किन यस्तो भइरहेको छ ?

संविधान बनाउन चार महिना मात्र बाँकी हुँदा पनि प्रमुख दलका नेताहरू गम्भीर देखिएका छैनन् । संविधान बनाउने काममा ध्यान नदिनु भनेको संविधानसभाको भूमिका कमजोर पार्नु र ‘अन्डरमाइन’ गर्नु हो । लोकतन्त्र र जनतालाई बलियो पार्ने हो भने संविधानसभालाई बलियो पार्ने भूमिका उनीहरूको हुनै पर्छ । सभासद्हरूलाई ‘यिनीहरू काम गर्ने होइन, भत्ता खाने हुन्’ भन्ने आरोपलाई जानेर÷नजानेर लगाउनुले सिङ्गो संविधानसभालाई कमजोर बनाइरहेको छ ।

प्रमुख दलहरूकै नेतृत्वबाट संविधानसभालाई कमजोर पार्ने खेल भइरहेको हो ?

प्रमुख दलहरू नै मुख्य जिम्मेवार हुन् भन्न खोजेको होइन । ठूला दलका कमि–कमजोरीलाई आधार बनाएर संविधानसभा विरोधी तत्वले फाइदा उठाउँदै छन्, त्यसप्रति उनीहरू गम्भीर हुनुपर्छ । संविधानसभा मुलुकको सर्वोच्च संस्था हो भने सम्पूर्ण समस्याको समाधान खोज्ने ठाउँ पनि यहीँ हो । संविधान निर्माणसँगै व्यवस्थापिका संसद्को काम पनि यसैले गरिरहेको छ भने भएका त्रुटिहरूलाई सच्चाएर काम गर्नुपर्नेमा संविधानसभाप्रति प्रहार गर्ने कामलाई दलहरूले सहयोग नगरुन् भन्ने हो । संविधानसभाले काम गर्न नसकेको कारण पहिल्याएर सहज बाटो खोज्नुपर्छ । अन्तरिम संविधान अनुसार राजनीतिक सहमतिबाट अन्तिम निर्णय गर्ने संस्था संविधानसभा नै हो ।

सबै कुराको समाधान संविधानसभाभित्रैबाट खोज्नुपर्छ भन्न खोज्नुभएको हो ?

शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनेदेखि संविधान निर्माणको क्रममा देखिएका अवरोधहरू हटाउनको लागि वातावरण र आवश्यक संयन्त्र बनाउनेसम्मको काम संविधानसभाले नै गर्नुपथ्र्यो । समयमा संविधान बनाउन सकिएन भने त्यसपछिको निकास दिने काम पनि संविधानसभाको नै हो । संविधानसभालाई ‘अन्डरमाइन’ गरेर योभन्दा माथि हुन खोज्ने परिपाटीले देशलाई मद्दत गर्दैन । निर्वाचित संविधानसभाले आफ्नो काम पूरा नगर्दासम्म योभन्दा माथि कोही हँुदैन र हुन पनि सक्दैन । त्यसैले अहिले शान्ति, एकता र गणतन्त्रप्रेमीहरू, नागरिक अधिकार, प्रेस स्वतन्त्रताका पक्षधरहरूले संविधानसभामाथि भइरहेका प्रहारबाट यसलाई जोगाउनुपर्छ ।

अहिले संविधानसभाको म्याद थप्ने कुरा पनि आइरहेको छ । यहाँ कुरा म्यादमा मात्रै सीमित छैन । १४ जेठभित्र संविधान निर्माण भयो भने समस्या समाधान भइहाल्छ त ? अबको माहोल संविधानसभाले गरेको निर्णयलाई मान्ने कि नमान्ने भन्नेतर्फ मोड्न खोजिँदैछ । हामीले भनेको जस्तो संविधान आएन भने हामी जलाउँछौं, संविधान मान्दैनौं भन्ने कुरा सुनिएका छन् । यो संविधानसभा जनताले बनाएको होइन र ? जनताका प्रतिनिधिले जस्तो बनाउँछन् बनाउँछन्, ठीक भएन भने भोलि परिवर्तन गर्न सक्छन् तर अहिले नै त्यसो भनेर के भन्न खोजिएको हो ? जनताका प्रतिनिधिप्रति विश्वास छैन ? त्यसैले संविधानसभा माथि प्रहार भइसकेपछि भन्दा पनि प्रहार हुन नदिनको लागि सबैले काम गर्नुपर्ने हो । तर, दुर्भाग्य अहिले संविधानसभाविरोधी क्रियाकलाप बढिरहेको छ ।

यस्तै अवस्था रहने हो भने त संविधान बन्नै गाह्रो हुने भो होइन ?

दलहरूबीच सम्बन्ध सुध्रनुपर्छ, नत्र संविधान बन्दैन । दलहरूबीच पनि सहमति भएन, लोकतान्त्रिक आचरण देखिएन भने बनेको संविधान कार्यान्वयन गराउन र त्यसपछि शुरु हुने सङ्क्रमणकाललाई सम्हाल्न पनि गाह्रो हुनेछ ।

के ग¥यो भने यस्तो जटिलता आउँदैन ?

सबैलाई मेरो आग्रह छ, संविधानसभाको आलोचना गर, यसको कामको विरोध गर, निगरानी गर तर संविधानसभाको विरोध गर्ने स्थिति चाहिँ नल्याऊ । संविधानसभामा प्रमुख दलहरूको खासै ध्यान पुगेको देखिन्न । जानिँदो, नजानिँदो पाराले संविधानसभालाई अन्तर्घात गर्ने प्रवृत्तिको विकास भइसकेको छ । राजनीतिक दलहरूले आफ्नो पार्टीको आन्तरिक र बाह्य सम्बन्ध बलियो बनाउनुपर्छ । संविधानसभा समस्या होइन समाधान हो भन्ने कुरामा जोड दिनुपर्छ । यसमा लर्खराउनुहुँदैन समाधान दिने तिमीले नै हो भन्दै यो काममा दलहरूले पनि ध्यान दिनुपर्छ । त्यसैले दलहरूलाई भन्न चाहन्छु संविधानसभा बाहिरको कुनै संयन्त्र नखोज ।

रामेश्वर बोहरा र सरोज दाहाल

comments powered by Disqus

रमझम