१–१५ फागुन २०६६ | 13-27 February 2010

रिल ‘हिरो’का रियल हिरोइन

Share:
  
- ऋषिराम कट्टेल
सयौं युवती मात्रै होइन ‘हिरोइन’ समेत पछि लाग्छन्, चलचित्रका ‘हिरो’ सँग । तर घरजम गरिसकेका ‘हिरो’ लाई आप्mनै रियल ‘हिरोइन’ कस्ता लाग्लान् ?

मञ्जु र दिलीप रायमाझी ।
चलचित्रका ‘हिरो’का बारेमा कहिले ‘हिरोइन’सँग साँच्चिकै रोमान्स चलेको त कहिले सम्बन्ध बिग्रेको ‘गसिप’ चलिरहन्छ । सयौं युवती मात्रै होइन हिरोइन समेत पछिलाग्छन्, चलचित्रका हिरोसँग । धेरै युवतीका सपनाको राजकुमार हुन्छन् उनीहरू । फिल्मपिच्छे फरक हिरोइनसँग कहिले डाडापाखामा कम्मर मर्काउँछन् त कहिले दर्जनौं भिलेनलाई सखाप पार्ने दृश्यबाट दर्शकको ताली पाउँछन् । केही हिरोहरू आफैं ‘फलानो हिरोइन पर्फेक्ट अरू झ्ुर’ भन्छन् भने कोही त ‘करिष्मा बाहेक अरू हिरोइन के हिरोइन’ समेत भन्छन् । तर यी फिल्मी हिरोलाई ‘रियल’ हिरोइन चाहिँ कस्ता लाग्लान् ?

“मेरी श्रीमती त मलाई संसारकै सबैभन्दा राम्री लाग्छ”, नायक रमित ढुङ्गाना आफ्नी साँच्चिकै हिरोइन समिनाको प्रशंसा गर्दै भन्छन्, “ऊ मेरो जीवनकी सर्वगुणसम्पन्न हिरोइन हो ।” १६ वर्षकै उमेरमा भक्तपुर, नलिनीचोककी समिना थापासँग लगनगाँठो कसेका रमितले विवाहअघि समिनालाई देखेका समेत थिएनन् रे ! विवाहको टुङ्गो लागेपछि ‘लौ फसियो’ भन्दै घरबाट भागेका रमितलाई दाइ अमितले तीन दिनपछि भेटेर घर ल्याई विवाह गरिदिएको उनी बिर्सन सक्दैनन् ।

बिहे भनेको राम्ररी नबुझदै विवाह भए पनि अहिले आफ्नो पेशा बुझने जीवनसँगिनी पाएकोमा दङ्ग छन् रमित । “शायद हाम्रो जोडी जस्तो अरूको छैन कि जस्तो लाग्छ”, उनी भन्छन् । समिनाले पनि जग्गाको कारोबार गर्ने श्रीमान् चलचित्रको हिरो बन्लान् भन्ने कल्पना पनि गरेकी थिइनन् रे ! श्रीमान् फिल्मी स्टार बन्दा कम्ती खुसी छैनन् उनी । दुई सन्तानकी आमा यी गृहिणी श्रीमान्का रोमान्सका दृश्य हेर्दा शुरुमा असहज लागे पनि अहिले त्यो उनको काम हो भन्ने बुझ्ेको बताउँछिन् । “श्रीमान् बाहिर हिँड्दा युवतीहरू पछि लाग्छन्, फोन गर्छन्, कति त रगतले लेखेको चिठी नै मलाई दिनु भनेर दिन्छन्”, उनी भन्छिन्, “यसलाई सामान्य रूपमा लिएकी छु ।”

कोपिला र निखिल उप्रेती ।
एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि सर्लाहीको पिप्राभित्ताबाट राजधानी छिरेका निखिल उपे्रती र धादिङको नौबिसेबाट अध्ययनकै लागि आएकी कोपिलाबीच यसरी माया बस्यो कि उनीहरू छुट्टिनै नसक्ने भए । झ्ण्डै सात वर्षको प्रेम सम्बन्धपछि निखिल चलचित्र पिँजडामा नायक बनेलगत्तै वैवाहिक बन्धनमा बाँधिए यी दुई । “निखिल र मसँग फुटेको कौडी नहुँदा पनि एयरपोर्ट पछाडि डेटिङ गएको सम्झ्ना ताजै छ”, कोपिला विगत सम्झ्न्छििन् । “आज निखिल व्यस्त हिरो बन्नुभयो । खल्तीमा एक रुपैयाँ नहुँदा पे्रम गरियो आज एउटै फिल्मबाट तीन–चार लाख लिनुहुन्छ योभन्दा खुसी के हुन सक्छ र ?” उनी भन्छिन्, “उहाँ धेरै दुःख गरेर आउनुभएको हो, जीवनलाई अरूभन्दा बढी बुझनु भा’छ ।”

समाजशास्त्रमा स्नातकोत्तर कोपिलाको समय प्रायः गृहिणीकै रूपमा बित्छ । एक छोराकी आमा उनलाई सङ्गीतमा विशेष रुचि छ । एक वर्ष शास्त्रीय सङ्गीतको अध्ययन गरेकी उनले गीत रेकर्ड पनि गराइसकेकी छन् । भन्छिन्, “मलाई सङ्गीतमा रुचि छ । एक–दुई वर्षमा अल्बम निकाल्ने सोचमा छु ।” श्रीमती पढेलेखेको र व्यावहारिक भएको बताउँदै नायक उप्रेती भन्छन्, “एउटी कुशल महिलामा हुनुपर्ने गुण छ उसमा ।”

पुतलीसडकको राजश्री डान्स सेन्टरमा नृत्य सिक्दासिक्दै मायाप्रीति बसेपछि दिलीप रायमाझ्ी मन्जुविना बाँच्नै नसक्ने भए । प्रेम झङ्गिएपछि डेढ दशकअघि दिलीपले इटहरीकी मन्जुलाई जीवनसँगिनीको रूपमा कीर्तिपुरको घरमा भिœयाएका थिए । सोखका लागि नृत्य सिकेकी मन्जुको नृत्यकलामा त्यही बेलादेखि पूर्णविराम लागे पनि नृत्यमा अब्बल दिलीप केही वर्षपछि चलचित्रमा हिरो बने । पहिलो चलचित्र आदिकवि भानुभक्त सँगै अन्य चलचित्रबाट उनी फिल्मस्टार बने । यसमा श्रीमतीको प्रमुख हात रहेको बताउँछन् । कुनै समय पुतलीसडकमा ब्युटिपार्लर सञ्चालन गरेर बसेकी मन्जु सौन्दर्य क्षेत्रमा रुचि राख्छिन् । सयौं सुन्दरीका आइडियल डेट दिलीपलाई आफ्नी जीवनसँगिनी सबैभन्दा सुन्दरी लाग्छिन् । “रिलको जिन्दगी नाटक मात्रै हो, मन्जु मेरो रियल जिन्दगी हो”, दिलीप भन्छन् ।

समिना र रमित ढुंगाना ।
नायक धीरेन शाक्यको चलचित्र ‘पहिलो प्रेम’ को सुटिङको लागि पोखरा जाँदा सुटिङ हेर्न आएकी एक युवतीसँग त्यही फिल्मको नाम झ्ैं पहिलो प्रेम बस्यो । विस्तारै माया गाढा हुँदै गएपछि पोखराकी तिनै युवती मिनु गुरुङसँग विवाह गर्ने निर्णयमा पुगे उनी । उनले प्रेम सम्बन्धको डेढ वर्षमै २०५० सालमा विवाह गरे । विवाहसँगै उनको फिल्मी करियर निकै फस्टायो । पछिल्ला केही वर्षमा उनी अभिनयभन्दा जस्मिन फिल्मस्मार्फत चलचित्र निर्माण सामग्री विदेशबाट आयात गर्ने अनि भाडामा दिने काममा व्यस्त छन् । यसमा उनलाई जीवनसँगिनीले साथ दिएकी छन् । जस्मिन फिल्मस्कै जापानको शाखा कार्यालय केही वर्ष चलाएर अहिले गृहिणीको भूमिकामा व्यस्त छिन् मीनु । जापानी भाषामा पोख्त उनी छिट्टै जापानी भाषा प्रशिक्षण केन्द्र खोल्ने तयारीमा छिन् । चलचित्र क्षेत्रबाट नाम कमाएको श्रीमान्को श्रीमती हँुदा गर्व लाग्ने बताउँछिन् उनी । भन्छिन्, “हिरोको पछि लागेर कैयौं केटीहरू भेट्न पाए हुन्थ्यो, अटो लिन पाए हुन्थ्यो भन्छन् तर म त उहाँको श्रीमती, यसैमा गर्व लाग्छ”, हाँसो मिश्रित स्वरमा सुनाइन् । नायक शाक्य फिल्मी दुनियाँ र परिवार फरक भएको बताउँदै आफ्नो नजरमा श्रीमती राम्री लाग्ने बताउँछन् ।

कृष्टि मैनालीदेखि गौरी मल्ल, जल शाह र अहिलेका नवनायिकाहरूसँग समेत पर्दामा जोडीको रूपमा देखिने नायक शिव श्रेष्ठको वास्तविक जीवनकी नायिका उमेरले निकै कान्छी सिर्जना श्रेष्ठ हुन् । चलचित्र मालतीको सुटिङको क्रममा चितवनमा भेटेपछि उनले सिर्जनालाई मनको हिरोइन बनाएका थिए । पहिलो श्रीमतीसँगको सम्बन्ध सफल नभएका शिव अहिले भने मन मिल्ने जीवनसाथी पाएर दङ्ग छन् । “मेरी जीवनकी नायिका सुन्दरताकी धनी हुन् र मलाई बुझिछन् पनि”, अलि ठट्टा गर्दै भन्छन्, “तपाईं आफैं बुझनुस् न, हिरोकी हिरोइन हुन् !”

सुस्मिता केसी चलचित्रकी मात्रै होइन उमेरले ५० नाघ्दा पनि हिरोकै रूपमा दर्शकले स्वीकारिरहेका नायक भुवन केसीकी वास्तविक जीवनकी हिरोइन हुन् । भुवनले पहिलो श्रीमती विजया केसीसँग पारपाचुके गरेर उनलाई नयाँ जीवनसाथीका रूपमा भिœयाएका थिए ।

comments powered by Disqus

रमझम