१–१५ फागुन २०६६ | 13-27 February 2010

कहाँ थिए नेताका छोराछोरी

Share:
  

हिमाल (१६–२९ माघ) आवरण कथा ‘होलटाइमर’ को चिठ्ठी ले माओवादी नेताहरू आफ्नो स्वार्थसिद्ध गर्न कतिसम्म गर्दा रहेछन् भन्ने खुलस्त पारेको छ । ११, १२ वर्षका केटाकेटीको सुन्दर भविष्य कसरी बर्बाद पारिएको रहेछ भन्ने कुरा हिमाल को आवरणले स्पष्ट पारेको छ । सम्पादकजीलाई मेरो एउटा आग्रह छ उही उमेरका माओवादी नेताका छोराछोरी चाहिँ युद्धकालमा के गर्दै थिए र अहिले के गरिरहेका छन् भन्ने बारेमा जानकारी पाए आभारी हुने थिएँ ।

करुणाकर अधिकारी लैनचौर, काठमाडौं

– –

दृष्टिलाई पछ्याऊ

हिमाल (१६–२९ माघ) अङ्कमा देशका लागि केही गर्छु भन्नेहरूका लागि राम्रो उदाहरण पढ्न पाएँ । कलिलै उमेरमा ग्रामीण भेगका मानिसहरूको लागि दृष्टिले जुन सेवा गरिन् त्यो अति उत्साहजनक र प्रशंसनीय छ । देशको दिगो विकास र शान्तिको लागि भाषण र हड्तालभन्दा दृष्टि जस्ता कर्मठ व्यक्तिहरूको साहस र जाँगरको खाँचो छ । आँट गरेर देशको लागि केही गर्न सकेको भए यसरी अशान्ति र अन्धकारमा त पक्कै बस्नुपर्ने थिएन । तिम्रो उत्साहजनक कामको लागि मुरीमुरी धन्यवाद ।

डा. मक्षराम महर्जन केयर नेपाल

– –

दिनहुँ ११ घण्टा लोडसेडिङ भोगिरहेको बेला दृष्टिले गाउँलाई उज्यालो पारेको खबरले मेरो मन पग्लिएको छ । दृष्टि बहिनीले आफूले पाएको रकमलाई सदुपयोग मात्र होइन पुण्यको काम गरेकोमा धेरै धेरै धन्यवाद । सुविधासम्पन्न राष्ट्रमा बसेर पनि तिमीले अविकसित आफ्नो मुलुकको उज्यालोविनाको पिछडिएको गाउँलाई सम्झ्ेर जुन कार्य ग¥यौं त्यो उदाहरणीय र सराहनीय छ ।

एक जनाको प्रयासले दुई गाउँ उज्यालो भएको छ भने यस्तै अरू पनि २÷४ जना युवा, उद्योगपति, व्यवसायी आदि सबैले आ–आफ्नोतर्फबाट सहयोग गर्ने हो भने देशको मुहार फेरिन बेर लाग्ने थिएन ।
अब अर्को पटक नेपाल आउँदा नेपाललाई कसरी लोडसेडिङ मुक्त बनाउने भनेर सोचेर आऊ है दृष्टि !

बीणा नेम्कुल किरण भवन, सानेपा

comments powered by Disqus

रमझम