सञ्चालकको सुझाव विवेकसम्मत छनोट गरौं

Share:
  
प्लस टु शिक्षामा घुसेको व्यापार र अस्वस्थ प्रतिस्पर्धाबाट कलेज सञ्चालकहरू पनि चिन्तित छन्।
ramesh

रमेशकुमार सिलवाल
सिईओ, गोल्डेन गेट इन्टरनेशनल कलेज
कलेज छनोट गर्नुअघि विद्यार्थी र अभिभावकले सञ्चालक प्राज्ञिक हुन्, होइनन् छुट्याउनुपर्छ। शिक्षण शैली, नतिजा, अतिरिक्त ज्ञान र क्षमता विस्तारको वातावरण तथा कक्षाकोठा लगायतको बन्दोबस्त पनि हेर्नुपर्छ। यस्तै प्राज्ञिक वातावरणले गर्दा गोल्डेन गेटले पाँच वर्षमै विज्ञानका तीनसहित ६ विषयमा स्नातकोत्तर कक्षा सञ्चालन गरेको छ। कलेजमा +२ मा तीन संकायका अतिरिक्त १३ विषयमा स्नातक कक्षा सञ्चालन हुन्छ। ४३०० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका गोल्डेन गेटका उत्पादन एमबीबीएस, बीई, सीए र बीबीएमा अत्यधिक सफल छन्। हामी विभिन्न खेलका राष्ट्रिय खेलाडी पनि उत्पादन गरिरहेका छौं। तीन घन्टाको लिखित जाँचले मात्र विद्यार्थीको समग्र मूल्याङ्कन हुन नसक्ने बुझ्ेर हामीले एउटा कक्षाको अवधि एक घन्टा पुर्‍याएका र अन्तरक्रियात्मक विधिबाट नयाँ कुरा सिकाउने गरेका छौं। त्यसबाहेक मेडिकल, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्ट, बीबीए लगायतका प्रवेश परीक्षाबारे कक्षा चलाइरहेका छौं।

chitra

नरेन्द्रबहादुर अधिकारी
सिईओ, नासा इन्टरनेशनल कलेज
शिक्षा विद्यार्थीको सर्टिफिकेटका लागि नभएर जीवनोपयोगी ज्ञान र अनुशासनका लागि हो। नासामा हामी त्यही बाटोतिर अग्रसर छौं। बढ्दो प्रविधिको विकासमा ध्यान दिएर ई–लाईब्रेरी र ई–हाजिरी लगायतको व्यवस्था गरेका छौं। प्रयोगात्मक शिक्षामा विशेष जोड छ। यी सबै व्यवस्था दुई वर्षको प्लस टु शिक्षामा प्राप्त गर्ने ज्ञानलाई विद्यार्थीले जीवन्त राख्न सकुन् भनेर गरिएको हो। स्थापनाको सुरुआतदेखि नै हाम्रो नतिजा उत्कृष्ट छ। गत वर्ष ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। सुलभ शुल्क र स्तरीय शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो मूल एजेन्डा हो।

narendra

चित्रकुमार दाहाल
कार्यकारी निर्देशक, सेन्ट लरेन्स कलेज
२१औं शताब्दीको विश्वव्यापी जनशक्ति उत्पादन गर्ने गरी अध्यापन गरिरहेको सेन्ट लरेन्स कलेजका पछिल्लो चार वर्षमा विज्ञानमा १००, व्यवस्थापनमा ९६ र मानविकीमा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
अध्यापनमा विद्यार्थीको मनोविज्ञानलाई सम्बोधन गर्नुपर्दछ। त्यसैले हामीले हरेक विद्यार्थीको व्यक्तिगत आवश्यकता पहिचान हुने गरी रिसर्चमा आधारित शिक्षण पद्धति अवलम्बन गरेका छौं। विद्यार्थीमा नेतृत्व क्षमता विकास गराउन कक्षामा आफैंले पावर प्वाइन्ट प्रेजेन्टेसन गर्नुपर्ने व्यवस्था गरेका छौं। नैतिकता र अनुशासन विकासका लागि सकारात्मक काउन्सेलिङ गर्ने गरेका छौं। प्लस टुका अतिरिक्त त्रिविबाट सम्बन्धन लिएर बीए, बीबीएस तथा बीएस्सी सीएसआईटी पनि सञ्चालन गरिरहेका छौं।

chiranjibi

डा. चिरिञ्जीवी नेपाल
चिफ एकेडेमिक पर्सन, नोवेल एकेडेमी
हामी बजारमा प्रतिस्पर्धा र समाजमा शिर ठाडो गर्न सक्ने जनशक्ति उत्पादन गर्छौ। सबै गुण र क्षमताका विद्यार्थीले विना अलमल लक्ष्य समाउन सकुन् भनेर विदेशमा पढ्न जाँदा केमा सम्भावना छ र यहाँ उपयुक्त के हो भन्ने सिकाउँछौं। सूचनाप्रविधिको अधिकतम प्रयोग गरेर नयाँ पुस्ता मैत्री पढाइमा जोड दिएका छौं। विद्यार्थीलाई जागिर खोज्ने होइन जागिर दिनसक्ने बनाउनुपर्छ।

आफ्नो रुचिमा कलेज छान्ने ७५ प्रतिशत विद्यार्थीले बाहिरी आकर्षणमा लोभिएर गलत छनोट गर्ने गरेकाले अभिभावकले विवेकसम्मत ढंगले छनोट गर्नुपर्छ। साथै स्नातकमा विभिन्न प्राविधिक, व्यवस्थापन र सामाजिक विषय सञ्चालन गरिरहेको छ। शिक्षामा निजी क्षेत्रको लगानी राम्रो भए पनि सेवाको साटो व्यापार र अस्वस्थ प्रतिस्पर्धाले अभिभावकको लगानी तथा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ। विद्यार्थीको भविष्य भन्दा आफ्नो अहं माथि राख्नाले ठूला र विशिष्ट दाबी गर्दै खोलिएका कलेज ६–७ महीनामै फुटेका छन्।

baburam

डा. बाबुराम पोख्रेल
प्रिन्सिपल, भीएस निकेतन कलेज
अभिभावकले आफ्ना बालबालिकाको रुचि बुझ्ेर विषय र कलेजको निर्णय लिनुपर्छ। अहिले प्लस टुमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाले धेरैलाई द्विविधामा पारेकोले कलेज छान्दा शैक्षिक कार्यक्रम, विषय, अनुशासन, ब्रान्ड र जनस्तरमा कायम विश्वासलाई ध्यानमा राख्नुपर्छ। आफ्नो आर्थिक हैसियत र कलेज–घर दूरी पनि विचार गर्नुपर्छ। खर्चिला कलेज राम्रै हुन्छन् भन्ने छैन। विश्वव्यापीकरणको समयमा कलेजले विद्यार्थीलाई कति 'एक्सपोजर' दिन सक्छ, कलेजको व्यवस्थापन, भौतिक–शैक्षिक पूर्वाधार, शिक्षकको स्थायित्व र अनुभव पनि हेर्नुपर्छ। आंशिक शिक्षक बढी राखेर पढाउनेले विद्यार्थी माथि घात गरिरहेका हुन्छन्। यसलाई ध्यान दिएर कलेज छनोट गर्ने हो भने विद्यार्थी र अभिभावकको लगानी खेर जाँदैन। सकेसम्म आफूले १० कक्षासम्म अध्ययन गरेको विद्यालयमै प्लस टु छ भने त्यहीं पढ्नु राम्रो हुन्छ। किनभने त्यो विद्यालयले जति राम्ररी विद्यार्थीलाई अर्को कलेजले पहिचान गर्न गाह्रो पर्छ।

surendra

सुरेन्द्र सिटौला
अध्यक्ष, वागमती बोर्डिङ उच्च मावि
२०४३ सालदेखि विद्यालय र २०५४ देखि उच्च मावि सञ्चालन गर्दै आएको वागमती बोर्डिङमा १०+२ मा विज्ञान, व्यवस्थापन र मानविकी तीन वटै संकाय सञ्चालित छन्, स्नातक तह पनि सञ्चालन गर्ने लक्ष्य छ। ख्यातिप्राप्त विश्वविद्यालयका शिक्षकहरूले पढाउनुहुन्छ। इन्जिनियरिङ, मेडिसिन लगायतका आकर्षक विषयमा विद्यार्थीले वर्षेनि नाम निकालिरहेका छन्। १२ कक्षामा पनि गत वर्षको नतिजा शतप्रतिशत सफल रह्यो। परीक्षाको नतिजा जस्तै चरित्र पनि सुन्दर बनाउन विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म जीवन र जगत बुझाउने शिक्षा प्रदान गर्न गीताको ज्ञान समेत दिने गरेका छौं।

नरेन्द्रकुमार सिंह
सिईओ, काठमाडौं बार्सा कलेज
साँच्चिकै प्रभावकारी शिक्षा प्रदान गरौं भनेर डेढ वर्षको प्रयासबाट राम्रा कलेजका उत्कृष्ट शिक्षकहरूको टीम बनाई काठमाडौं बार्साको स्थापना गरेका हौं। हामी भ्रष्टाचार र अपारदर्शिताका कारण कलेजहरू फुट्ने रोगबाट मुक्त रहेर विद्यार्थीको समग्र हितमा काम गर्छौं। विद्यार्थीले नबुझने विषयमा भिडियो प्रस्तुति दिएर प्रष्ट पार्छौं। विद्यार्थीलाई घोकाउन भन्दा बुझाउन सकियो भने जीवनोपयोगी हुन्छ।

hari

हरि खड्का
प्रबर्द्धक, पिरामिड इन्टरनेशनल कलेज
खेलकुदले शरीरलाई तन्दुरुस्त पार्छ, शारीरिक तन्दुरुस्तीले मस्तिष्कलाई स्वस्थ बनाउँछ र स्वस्थ मस्तिष्कले पढाइमा सहयोग पुर्‍याउँछ। यो तथ्य बुझ्ेर हामीले कलेज स्थापनादेखि नै खेलकुदलाई उच्च महत्व दिएका छौं। राष्ट्रिय फूटबल खेलाडीको रूपमा मलाई पाएपछि खेलमा रुचि नभएका विद्यार्थी पनि आकर्षित भएका छन्। खेलकुदप्रतिको मोहले गर्दा कतिपय खेलाडीले पढाइ अघि बढाउन नसकेको दुखद् अनुभव छ। त्यसैले खेल प्रतिभा भएका र ग्रामीण क्षेत्रबाट आएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं। नेपालमा विद्यालय स्तरबाटै खेलकुदलाई विशेष प्रोत्साहन नगरी यो क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकिन्न।

manoj

मनोजकुमार झा
प्रिन्सिपल, एभरेष्ट फ्लोरिडा कलेज
विद्यार्थीको जीवनमा ठूलो मान्छे बन्ने सपना हुन्छ। तर, त्यो कसरी पूरा गर्ने उनीहरूले प्लस टु शिक्षा लिने उमेरमै बुझ्िसकेका हुँदैनन्। त्यसका लागि कलेजले उनीहरूको अभिरुचि र क्षमता पत्ता लगाएर बाटो देखाइदिन सक्नुपर्छ। हामी बलियो प्रशासनिक संरचनासहित विद्यार्थीको सर्वाङ्गीण हित कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छौं। हामीसँग नाम कमाएका प्लस टु कलेजमा काम गरेका शिक्षक साथीहरू हुनुहुन्छ। उहाँहरूको ऊर्जा र प्रेरणा नै विद्यार्थीको सफल गन्तव्य र भविष्यको आधार बन्नेछ।

narendra

केशव जोशी
क्याम्पस प्रमुख, अरुणिमा कलेज
हामीले कक्षाकोठामा विद्यार्थीलाई स्तरीय शिक्षा दिएका छौं। तर अनुगमनको व्यवस्था नहुँदा अझ्ै पनि धेरै कलेजले १०० पूर्णाङ्कको विषयमा तोकिएको १५० घन्टाको क्रेडिट आवर समेत पूरा गर्दैनन्। यसो हुँदा विद्यार्थीहरू अन्यायमा परिरहेका छन्।

कलेजले प्राज्ञिक विषयलाई दिएको महत्वका कारण विद्यार्थीहरूको शैक्षिक स्तर उच्च छ। साथसाथै शारीरिक र अन्य आन्तरिक क्षमताको विकासका लागि खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा जोड दिएका छौं। प्लस टु अध्ययन गर्ने उमेरका विद्यार्थीलाई धेरै हदसम्म भावनात्मक कुराले प्रभाव पार्ने भएकाले उनीहरूको मनोवैज्ञानिक पक्षको विकासमा पनि जोड दिएका छौं।

gopal

गोपाल शर्मा
प्रिन्सिपल, साइपल एकेडेमी
विश्वविद्यालय र स्कूले शिक्षाको सेतु प्लस टुले विद्यार्थीको जीवनमा ठूलो महत्व राख्छ। तर, कैयौं विद्यार्थी कलेजले प्रवाह गर्ने ज्ञान र चेतनालाई भन्दा साथीको लहैलहैमा लागेर नराम्रो ठाउँमा फँसिरहेका हुन्छन्, जसबाट बचाउन उनीहरूलाई विश्वासिलो काउन्सेलिङ आवश्यक हुन्छ। अहिले एसएसआरपी अन्तर्गत कक्षा १२ सम्म माध्यमिक शिक्षा नबनेसम्म दक्ष र इमानदार जनशक्ति उत्पादनको जिम्मेवारीलाई प्लस टु कलेजहरूले बुझन सक्नुपर्छ। यसका लागि कक्षाकोठामा पढाइको राम्रो वातावरणसँगै खेलकुद, संगीत, स्वीमिङ लगायतका मानसिक तथा शारीरिक विकासका अन्य आधार विद्यार्थीको पहुँचमा हुनुपर्दछ।

विद्यार्थीको मानसिक स्वास्थ्य खेलबाटै शुरू हुन्छ। त्यसैले हामीले पढाइका अतिरिक्त फूटबल, बास्केटबल, टेबुलटेनिस लगायतका खेलकुदको अवसर प्रदान गरेका छौं भने नेतृत्व क्षमताको विकासका लागि विद्यार्थीहरूकै संलग्नतामा खोलिएका क्लबमार्फत वादविवाद, वक्तृत्वकला लगायतका कार्यक्रम पनि आयोजना गर्ने गरेका छौं।

kp

केपी शर्मा
प्रिन्सिपल, क्याम्पियन कलेज
कक्षाकोठामा आधुनिक प्रविधिको उच्चतम प्रयोग नेपालमा हामीले शुरू गरेका हौं। हरेक कक्षाकोठालाई डिजिटल सूचनाप्रविधिमा आधारित भएर अगाडि बढाउँछौं। कक्षाकोठामा कम विद्यार्थी राखेर अन्तरक्रियात्मक शिक्षामा जोड दिएका छौं। पढाइका अतिरिक्त खेलकुद, शैक्षिक भ्रमण, र्‍याफ्िटङ, ट्रेकिङ, वृद्धाश्रम भ्रमण, फिल्ड रिपोर्ट जस्ता शारीरिक, मानसिक, सामाजिक–सांस्कृतिक विकासका कार्यक्रममा समावेश गराउने गरेका छौं।

आर्थिक दृष्टिले निम्न, मध्यम र उच्च सबै वर्गलाई समेट्नु हाम्रो कलेजको अर्को समावेशी विशेषता हो। हाम्रो कलेजले क्षमतावान् तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको छ। शिक्षकले विद्यार्थीहरूलाई गर्ने मित्रवत् व्यवहार, कलेज हातामा सिकाइने अनुशासन सबै विद्यार्थीका लागि जीवनोपयोगी छन्। 

comments powered by Disqus

रमझम