१ वैशाख २०७० | 14 April 2013

सिद्धार्थको डेब्यु

Share:
  

अभिनेत्री मनीषा कोइरालाका भाइ सिद्धार्थ कोइरालाले नेपाली चलचित्रमा डेब्यु गरेका छन्। बलिउडका फन, अनवर, देख भाइ देख, देशद्रोही–२ जस्ता चलचित्रमा अभिनय गरेका सिद्धार्थ चलचित्र मेघा मार्फत हिरोको रुपमा नेपाली चलचित्रमा आएका छन्। यो चलचित्रमा नम्रता श्रेष्ठलाई सिद्धार्थको प्रेमीको भूमिकामा हेर्न पाइनेछ। बीपी कोइरालाका नाति सिद्धार्थले नेपाली चलचित्रमा निरन्तर हुने मात्र नभई चाँडै नै निर्माताको रुपमा पनि अगाडि आउने बताए। लामो समय मुम्बई बसेका उनी हिन्दी चलचित्र पैसा वसुल का सहनिर्माता हुन्। सिद्धार्थले केही समय अगाडि आफ्नी श्रीमती युलियासँग मिलेर हजुरआमाको नाममा खोलेको 'सुशीला आर्ट एकेडेमी' मा अभिनय, संगीत र नृत्यको प्रशिक्षण संचालित छ।

comments powered by Disqus

रमझम