१ वैशाख २०७० | 14 April 2013

फिल्ममा शरणार्थीका पीडा

Share:
  

मातृभूमि फर्कने बाटो खोज्दाखोज्दै सात समुद्र पारि जान बाध्य भुटानी शरणार्थीको कथावस्तुमा बनेको कथानक चलचित्र देश खोज्दै जाँदा सम्पादनको चरणमा पुगेको छ। प्रकाश आङदेम्बे निर्देशित यो फिल्मको कथा दक्षिण भुटानको नेपालीभाषी (ल्होत्साम्पा) बस्तीमा त्यहाँको सरकारले गरेको आगजनी, छोरीचेलीको इज्जतमाथि धावा अनि श्रीसम्पत्ति कब्जा गरेर लखेटेको दृश्यबाट शुरु हुन्छ। झाण्डै दुई दशकको शरणार्थी पीडालाई पेटबोली बनाइएको यो फिल्मका लेखक उपेन्द्र सुब्बा हुन्।

घर फर्कने प्रयास गर्दा भारतले रोकेपछि पुनर्वासको नाममा भाषा, संस्कृति, हावापानी केही नमिल्ने सात समुद्रपारिका मुलुकमा खेपका खेप ओसारिनु परेको अवस्थामा पुगेर फिल्म सकिन्छ। फिल्ममा एकहजार भन्दा बढी भुटानीलाई पात्रको रूपमा एकैपटक उतारिएको छ। पुनर्वासमा गएका भुटानी कलाकर्मीहरूको संस्था इफका भुटान र आङदेम्बे नेतृत्वको गन्तव्य थिएटरले रु.४० लाखमा बनाएको फिल्म देश खोज्दै जाँदा शरणार्थी पुनर्वास भएका अमेरिका, क्यानाडा, डेनमार्क, नेदरल्याण्ड, नर्वेलगायतका मुलुकमा आउँदो दशैं अगाडि प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम