१ वैशाख २०७० | 14 April 2013

अब १२ डी सिनेमा

Share:
  

१२ वटा 'रियल इफेक्ट' र 'डाइमेन्सन'को प्रविधि मिलाइएको १२ डी फिल्म नेपालमा पनि आएको छ। २१ चैतबाट काठमाडौंको सुन्धारास्थित सिभिल मलमा शुरू भएको यो फिल्म हेर्दा आफू नै फिल्ममा भएको अनुभूति हुन्छ। नेपालमा थ्री डी, सिक्स डी, एट डी हेरेका दर्शकका लागि १२ डी नौलो सिनेमा हो। 'रियल इफेक्ट' ले रोमाञ्चकारी बनाउने १२ डी फिल्ममा हावाहुरी चल्दा, भुइँचालो जाँदा र चट्याङ पर्दा दर्शकलाई त्यसमा परेको अनुभव हुन्छ। नेपालमा फुल अन इन्टरटेनमेन्ट प्रालिले यो प्रविधि ल्याएको हो।

comments powered by Disqus

रमझम