१ वैशाख २०७० | 14 April 2013

रौतहटको कटिया

Share:
  

रौतहट पुग्नेहरूका लागि पछिल्लो समय नयाँ आकर्षण बनेको छ, कटियाको मासु। माटोको सानो भाँडोमा हालेर कोइलाको रापमा पकाइएको खसीको मासु कटिया हो। कामेश्वर साहले १६ वर्षअघि कटहरिया बजारबाट शुरू गरेको यो पाककला अहिले जिल्लाभर पुगेको छ। जिल्लाका कर्मचारी, एनजिओ कार्यकर्ता र पाहुनाहरुको पहिलो रोजाइ कटिया हुने गरेको लक्ष्मी मिट हाउसका संचालक लक्ष्मी साह बताउँछन्। “कटियाको मासु खान वीरगञ्जदेखि जनकपुरसम्मका मानिस कटहरिया आउन थालेका छन्”, आफैं पनि गरुडामा कटिया पस्कन थालेका साह भन्छन्, “शाकाहारीका लागि कटियामा पकाएको भात र तरकारी पनि कम स्वादिलो हुँदैन।”

सञ्जय साह 'मित्र', रौतहट

comments powered by Disqus

रमझम