१ वैशाख २०७० | 14 April 2013

आठ सँगीका पेन्टिङ एकैठाउँ

Share:
  

आठ महिला कलाकारका २७ अभिव्यक्तिको प्रदर्शनी २१ चैतबाट पाटनको कावहालस्थित नेवाछें आर्ट ग्यालरीमा शुरू भएको छ। प्रदर्शनीमा सरिता डंगोल, डिना श्रेष्ठ, एरिना ताम्राकार, जस्मिन राजभण्डारी, मञ्जु स्याउनला, प्रमिला बज्राचार्य, सन्ध्या सिलवाल, सौरगंगा दर्शनधारीका पेन्टिङ छन्। एक महीनासम्म चल्ने यो प्रदर्शनीमा रु.५ हजारदेखि रु.६५ हजारसम्मका पेन्टिङ छन्।

comments powered by Disqus

रमझम