१ वैशाख २०७० | 14 April 2013

कहाँ के?

Share:
  

फोटोचपः १७ देखि २१ अप्रिलका बीचमा सत्य आर्ट ग्यालरी जावलाखेलमा डिजिटल इमेज म्यानिपुलेसनको सीमितताबाट बाहिर आई विगतमा अपनाइएका फोटो कोलाजका कलाबारे जानकारी लिने कार्यक्रम हुँदैछ।

शुल्कः रु.१०००

सम्पर्कः [email protected]

बाइकर्स डेः १३ देखि १५ अप्रिलसम्म इनफिल्ड बाइकवाला २०० जनाले काठमाडौंदेखि पोखरासम्मको यात्रा गर्नेछन्।

जानकारीका लागिः www.enfieldpokerrun.com

स्कुटी सररः काठमाडौं स्कूल अफ म्यानेजमेण्टको आयोजनामा २० अप्रिलमा हुने स्कुटर दौड प्रतियोगितामा भाग लिन र पजल साथै दिइएका केही जिम्मेवारी पूरा गरी रु.५० हजार पुरस्कार जित्न सकिनेछ।

शुल्कः रु.१,५००

अन्तरसंस्कृति डकुमेण्ट्री कार्यशालाः संवेदनशील सांस्कृतिक अभ्यासमाथि प्रत्यक्ष प्रभाव पार्ने सूचना प्रधान, बौद्धिक र रचनात्मक फिल्म बनाउनेबारे १० देखि १४ अप्रिलमा बिहान १० देखि साँझ ५ बजेसम्म चलचित्रकर्मी नतासा मुन्टेनद्वारा सिक्न सकिनेछ।

शुल्कः रु.२,०००

सोचेर खाऊ, खेर जानबाट बचाऊः २० करोड मानिसका लागि पुग्ने खाना युरोपमा मात्रै खेर जान्छ। लापरवाहीपूर्वक खाना खाने मानिसलाई सचेततापूर्वक खाने बनाउने अभियानमा लागिपरेका केही सक्रिय ब्लगरहरूका लागि भोट गर्नुहोस्।

जानकारीका लागिः www.unep.org/wed/blog-competiz

शास्त्रीय संगीतः हरेक औंसीको रातमा बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रस्तुत हुने भारतीय शास्त्रीय संगीतको जादू लिन १० अप्रिलमा ३:३० बजेदेखि सहभागी हुन सक्नुहुनेछ।

comments powered by Disqus

रमझम