८ बैशाख २०७० | 21 April 2013

फोटो अफ दि डे

Share:
  

नेशनल ज्योग्राफिक ले ९ फागुनमा 'फोटो अफ दि डे' को रुपमा सार्वजनिक गरेको यो तस्वीर अन्नपूर्ण बेसक्याम्पबाट राति खिचिएको अन्नपूर्ण प्रथमको हो। यसका फोटोग्राफर म्याक्स सेगल लेख्छन्– “हेर्दाहेर्दै पूर्ण चन्द्र पूरा भूदृश्यलाई उज्यालो पार्दै बेसक्याम्पबाट माथि उठ्यो, मानौं यो रात नभएर दिन हो। मैले फोटोको लागि 'ट्राईपड' तयार पार्दासम्म तारामय आकाशमुनि ८०९१ मिटरको हिमशिखर एउटा अपूर्व 'फोटो सट'को लागि तयार थियो।”

यो किन 'फोटो अफ दि डे' भयो भनेर तस्वीर सम्पादक एलेक्सा कीफ खुलाउँछिन्– “यसको कलर निःसन्देह रुपमा गजब छ, तर मलाई बढी प्रभावित पार्‍यो– तहदार हिमालमा प्रदीप्त अदृश्य जुनेलीको विन्यासले। ताराजडित पछ्यौरा मुनिको मुलायम हिमालमा हावाले तानेको बादल र बरफका धारहरु साँच्चै अद्भुत देखिएको छ।”

comments powered by Disqus

रमझम