८ बैशाख २०७० | 21 April 2013

पर्यटक तान्न डकुमेन्ट्री

Share:
  

पर्यटन व्यवसायीहरु आफ्नो एजेन्सीमार्फत पर्यटक ल्याउन अनेक जुत्ति लगाउँछन्। मोन्टेरोसा ट्रेक एण्ड एक्सपिडिसनका प्रमुख गणेश न्यौपानेले भने डकुमेन्ट्रीबाट पर्यटक तानिरहेका छन्। २८ वर्षदेखि यो व्यवसायमा सक्रिय उनले चार वर्षयता पर्यटकलाई लक्षित गरेर डकुमेन्ट्री बनाउँदै नेपालमा पर्यटक भित्र्याइरहेका छन्। भन्छन्, “मैले बनाएका डकुमेन्ट्री हेरेर थुप्रै पर्यटकहरु नेपाल ल्याएको छु।” कैलाश मानसरोवर यात्रा, चितवन जंगल सफारी, लुम्बिनी टुर, डाँडाबजार धोजेडाँडा, ठिंगाबारी, त्रिशूली जलयात्रा, पोखरा टुर, काठमाडौं उपत्यका भ्रमणयात्रा जस्ता एक दर्जन डकुमेन्ट्री बनाइसकेका छन्, उनले। अहिले सगरमाथा पदयात्रा, अन्नपूर्ण पदयात्रा, मुक्तिनाथ दर्शन र जनकपुर दर्शन गरी चार डकुमेन्ट्री एकैसाथ निकाल्ने तयारीमा रहेका न्यौपाने इन्टरनेटमा खोजेको वा एजेन्सीहरुले भनेको भन्दा डकुमेन्ट्री हेरेपछि पर्यटकमा नेपालीप्रति रुचि बढ्ने उनी बताउँछन्। “नेपालका डकुमेन्ट्रीहरु बनाएर विदेशका पर्यटन महोत्सव र ट्राभल एजेन्सीमा पुर्‍याउँछु”, न्यौपाने भन्छन्, “डकुमेन्ट्रीहरु इन्टरनेटमा पनि राखेका छौं।”

comments powered by Disqus

रमझम