८ बैशाख २०७० | 21 April 2013

बेकामको झमेला

Share:
  

चलचित्र नतिजा मा नायिका हर्षिका श्रेष्ठ र नायक श्वेत मानन्धर।

चलचित्रका सामान्य दृश्य र सम्वादमा समेत सेन्सर बोर्डले कैंची चलाउन थालेपछि चलचित्रकर्मीमा असन्तुष्टि बढ्न थालेको छ। अध्याय, तँ त साह्रै सप्रिस नि बद्री र थ्री लभर्स पछि अहिले चलचित्र नतिजा लाई सेन्सरले लफडामा पारेको छ। नतिजा का निर्देशक प्रमोद भण्डारीले २८ चैतमा पत्रकार सम्मेलन गरेर भने, “अझै दुःख दिए हामीसँग अदालत जानुको विकल्प रहने छैन।”

सेन्सरले नतिजा को ९ दृश्यमा आपत्ति जनाएको छ। निर्देशक समाजका महासचिव एम.एस. अग्रज भने सेन्सर बोर्डले फिल्मको सामान्य भाषा समेत नबुझ्दा समस्या आउने गरेको बताउँछन्। बोर्डमा चलचित्र विज्ञहरु भएको भए यस्तो समस्या नआउने महासचिव अग्रजको भनाइ छ।

comments powered by Disqus

रमझम