८ बैशाख २०७० | 21 April 2013

कहाँ के?

Share:
  

ग्राफिक भोइसेसः डान आर्करको कमिक्समा बेचबिखनमा परेका नेपालीहरुको कथा। ग्राफिक र इलुस्ट्रेटेड रिपोर्टाजको नौलो संयोजनले बेचबिखनमा परेकाहरुको पहिचान नखुलाई उनीहरुको कथालाई सिर्जनात्मक रुपमा प्रस्तुत गर्दै जीवन्त राख्ने प्रयास। निरक्षर र पछौटे समाजमा कार्टूनका माध्यमले मानव बेचबिखनको खतराबारे चेतना फैलाउन सहज हुने विश्वास। विस्तृत जानकारीका लागिः

www.graphicvoices.com,

www.archcomix.com

www.image-ark.com

ग्राफिक भोइसेस फ्रम नेपालः 'मानव बेचबिखनमाथिको एक अनुसन्धान' नामक ग्राफिक प्रदर्शनी, ३–३१ वैशाख। शनिबार बाहेक बिहान १० देखि साँझ पाँच बजेसम्म इमेज आर्क ग्यालरी कुलिम्हा टोल, पाटन।

सम्पर्कः ०१–५००६६६५, ९८५१०१६५७२

इङ्क्ड फर लाइफः १३–१५ वैशाखमा याक एण्ड यती होटलमा तेस्रो अन्तर्राष्ट्रिय ट्याटु महोत्सव। सम्पर्कः ९८४१४७१४४८, ९८४१८४९७८६

स्कुटर प्रतियोगिताः ७ वैशाखमा स्कुटर दौड र पजल प्रतियोगिता। आयोजकः काठमाडौं स्कूलअफ म्यानेजमेण्ट। पुरस्कारः रु.५० हजार। शुल्कः रु.१,५००

फोटोचपः ४–८ वैशाखमा जावलाखेलको सत्य आर्ट ग्यालरीमा डिजिटल फोटो कोलाज कला कार्यक्रम।

शुल्कः रु.१०००

सम्पर्कः [email protected]

एक्स्प्रेसन अफ डिभोसनः ५ वैशाखसम्म सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा उमाशंकर शाह र सीमा शर्मा शाहको अद्भुत कला एवं भिडियो प्रदर्शनी।

comments powered by Disqus

रमझम