१५ बैशाख २०७० | 28 April 2013

वसन्ती वन

Share:
  
- आनन्द राई

तस्वीरः आनन्द राई

चैत अन्तिम साता मैयुम र मेरुङ पर्वत (३२०० मिटर) को सेरोफेरो। पर्यटनको पहुँच भन्दा टाढा रहेको यो भेगमा १० प्रजातिका गुराँस पाइन्छन्। खोटाङ–भोजपुर सीमाको यो खर्क क्षेत्रमा कुनै बेला भेडा, चौंरी, घोडालगायतका २० हजार वस्तुभाउ विचरण गर्थे। अहिले भने यहाँका खर्कहरू खाली–खाली देखिन्छन्, भेडा–चौंरी चराउनेहरू पनि खाडी र मलेशिया पुगेकाले। मैयुमका चौरीपालक साम्पाङ–६ भोजपुरका मिङमार शेर्पाले अब आफू नै यो लेकको अन्तिम चौंरी गोठालो भएको बताए। मेरुङमा भेडीगोठ राखेका नेर्पा–८ खोटाङका युवराज गुरुङको पनि त्यस्तै भनाइ थियो।

लोक्ता

मिङमार शेर्पा

युवराज गुरुङ

लाहाँचे।

comments powered by Disqus

रमझम