१६-३१ असार २०६९ | 30 June-15 July 2012

जिरेखुर्सानीको मन

Share:
  
r4
बाबुआमालाई सहयोग हस्तान्तरण गर्दै। 
r5
अपाङ्गता भएका दिदीबहिनीहरु ।

नेपाल टेलिभिजनको लोकप्रिय हास्य टेलिश्रृंखला जिरेखुर्सानीले आफ्नो ४००औं भाग प्रसारणको खुशी फरक ढङ्गले मनायो। सिरियल उत्पादक मिडिया हबका प्रमुख सोम धितालसहित कलाकारको टोलीले पर्वतको रानीपानी पस्यार पुगेर पाँच जना अपाङ्गता भएको परिवारलाई नगद सहयोग गर्‍यो। हातखुट्टा नै नचलेर सधैं सुतिरहनुपर्ने पाँच छोरी भएको परिवारलाई जिरेको टोलीले रु.१ लाख १ हजार १११ सहयोग मात्र दिएन उनीहरूको दुःखका कार्यक्रम नै बनाएर प्रसारण गर्‍यो। कार्यक्रम प्रसारण भएलगत्तै अपाङ्गता भएका दिदीबहिनीलाई देश–विदेशबाट सहयोग जुटेको सिरियलका एक निर्देशक तथा कलाकार जितु नेपालले बताए। अमेरिका, बेलायत, जापानलगायतका देशमा बस्ने नेपालीबाट यी अपाङ्गता भएका दिदीबहिनीको नाममा हालसम्म रु.४ लाख हाराहारी सहयोग जुटेको छ। सहयोग गर्नेेहरूको नाम जिरेखुर्सानीमा प्रसारण गरेर छिट्टै परिवारलाई रकम हस्तान्तरण गर्ने बताइएको छ। अपाङ्गता भएका परिवारलाई सहयोग गर्न पाउँदा सन्तोष लागेको कलाकार शिवहरि पौडेलले बताए।




comments powered by Disqus

रमझम