१५ बैशाख २०७० | 28 April 2013

प्रदर्शनीमा राजदूतका पेन्टिङ

Share:
  

नेपालका लागि ब्राजिलका राजदूत मार्कोस दुप्रात कलाकार पनि हुन्। तीन दशकदेखि ललितकलामा रहेका यी कूटनीतिज्ञका ३५ थान चित्र अहिले राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा छन्। जेनेसिस अफ कलर्स नामक प्रदर्शनीको उद्घाटन ६ वैशाखमा पत्रकार कुन्द दीक्षितले गरे। प्रदर्शनीमा राजदूत मार्कोस दुप्रात डेढ वर्षदेखि नेपालमा कार्यरत रहँदा सिर्जना गरेका २०, ब्राजिलमै बनाएका १५ पेन्टिङ र ड्रइङ समावेश छन्। नेपालमा सिर्जित पेन्टिङहरुमा नेपालकै प्राकृतिक दृश्य देख्न सकिन्छ। प्रदर्शनी दुई सातासम्म चल्नेछ।

comments powered by Disqus

रमझम