१५ बैशाख २०७० | 28 April 2013

कहाँ के?

Share:
  

राष्ट्रिय ललितकला प्रदर्शनीः २–२३ वैशाखसम्म ललितकला एकेडेमी, नक्सालमा। आयोजकः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान। मुलुकभरका ३९३ कलाकारका प्रतियोगी र अप्रतियोगी ४६७ कलाकृति।
इङ्क्ड फर लाइफः १३–१५ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय ट्याटू महोत्सव। स्थानः याक एण्ड यती होटल। सम्पर्कः ९८४१४७१४४८, ९८४१८४९७८६

सोचेर खाऊँ, खेर जानबाट बचाऊः हरेक वर्ष युरोपमा मात्र २० करोड मानिसलाई पुग्ने खाना खेर फालिन्छ। खानामा लापरबाही गर्ने मानिसहरुलाई यसमा सचेत बनाउने अभियानमा लागिपरेका ब्लगरहरुलाई भोट दिनुहोस्। विस्तृत जानकारीका लागिः www.unep.org/wed/blog-competitiom/bloggers/ , ३ WED2013

ग्राफिक भोइसेसः बेचबिखनमा परेका मानिसहरुले भोगेका दर्दनाक पीडामाथि डान आर्करले तयार पारेका ग्राफिक प्रदर्शनी ३१ वैशाखसम्म। स्थानः इमेज आर्क ग्यालरी कुलिम्हा टोल, पाटन। समयः शनिबार बाहेक बिहान १० देखि साँझ ५ बजेसम्म।

हाम्रो ज्याजः १३ वैशाखमा नेपालको पहिलो ज्याज म्यागाजिनको लोकार्पण। सिल्भर विण्ड क्वार्टेटको प्रत्यक्ष प्रस्तुति। समयः बेलुकी ७ः३० देखि राति ११ बजेसम्म। प्रवेश शुल्कः रु.२००

बादलमाथिः कल्चरल स्टडिज ग्रुप अफ नेपालले यो महीनाको प्रवचनका लागि बेलायती आर्किटेक्ट जोन स्याण्डीलाई प्रस्तुत गर्दैछ। हनुमानढोका, नारायणहिटी दरबार, स्वयम्भुनाथलगायत काठमाडौंका ऐतिहासिक धरोहरहरुको परियोजना सम्हालिरहेका स्याण्डी एशियाकै उपल्लो दर्जाका आर्किटेक्चरल कञ्जरभेटर हुन्। उनी अमेरिकन हिमालयन फाउण्डेसनका लोमान्थाङ परियोजनाहरुमा समेत संलग्न छन्। प्रवचनमा उनले लोमान्थाङका प्राचीन भित्तेलेखन र ऐतिहासिक पर्खाल संरक्षणका चुनौती साथै भुटानका गुम्बा र बिहारहरुको पुनः निर्माण परियोजनाको पनि चर्चा गर्नेछन्। समयः १२ वैशाख, साँझ ६ बजे स्थानः शंकर होटल प्रवेश शुल्कः रु.४०० (सदस्यता नलिएकाहरुका लागि), विद्यार्थीलाई आधा छुट।
सम्पर्कः [email protected], https://www.facebook.com/, CulturalStudiesGroupOfNepal

खेलौनासित रमाऊँ: बालबालिकाका लागि सीप सिक्ने र आत्मविश्वास बढाउने महत्वपूर्ण माध्यम हो, खेल। तपाईंका १८ महीनादेखि ५ वर्षसम्मका बालबच्चाका लागि सफा र सुरक्षित खेलौना, किताब, पजल र शिक्षामूलक खेलहरु सुपथ मूल्यमा भाडामा उपलब्ध गराउँछ, टोइज डे आउटले।
सम्पर्कः ९८०१०२२६४४ टोइज डे आउट, थापाथली, काठमाडौं।

comments powered by Disqus

रमझम