१५ बैशाख २०७० | 28 April 2013

बगैंचामा स्वादको बहार

Share:
  

ललितपुरको जावलाखेलमा डेढ वर्षअघि खुलेको बगैंचा रेष्ट्रो एण्ड बार नेपालीसँगै थाई, इण्डियन, कन्टिनेन्टल, इटालियन र चाइनिज परिकारमा चर्चित छ। यहाँ चिकेनको थाई परिकार नाम तोक काई निकै लोकप्रिय छ। थाई मसला तोम मेम पेष्ट र फिश सससहितको क्रिस्पी र स्पाइसी यो परिकार खास गरेर हार्ड ड्रिङ्ससँग बढी चल्छ। भेज, चिकन र प्राउन मिक्स भएको पाद काई कुङ काई यो रेष्टुरेन्टको अर्को विशेषता हो। भेज र नन भेजमा उपलब्ध छ ह्वाइट क्रिमी सस र ग्रेड गरिएको चिजसहितको इटालियन चिल्ली फ्लेक्स पास्ता अर्को रुचिकर परिकारमा पर्छ। इण्डियन परिकार बिर्यानी पनि बगैंचा स्पेसलमा पर्छ। सिजलर, चिकन ब्रेष्ट, पोर्क चप, रेश्मी कबाब, चिकन टिक्का अचारी, सि फुड र नेपालीहरू त छँदैछन्।

एयरलाइन्स व्यवसायी धिरज लामाको यो बगैंचामा एक पटकमा ७०० जनासम्मको पार्टी पनि जम्छ। फ्रि वाईफाई जोन र ओपन टेरेशमा ३०० जनाको लागि टेबल क्षमता र प्रशस्तै पार्किङ सुविधा रहेको बगैंचा पारिवारिक रेष्टुरेण्ट हो। बगैंचामा हरेक शुक्रबार लाइभ ब्याण्ड कन्सर्ट र बार्बीक्यु सेसन चल्छ। रुख बिरुवाले भरिएको साढे तीन रोपनी जमिनमा फैलिएको यो मनोरम रेष्टुरेण्ट शान्त वातावरण खोज्ने खानाका पारखीका लागि उत्तम गन्तव्य हुन सक्छ।

अनुशील

comments powered by Disqus

रमझम