२२ वैशाख २०७० | 5 May 2013

बढे बाह्रसिङ्गा

Share:
  

शब्द: बच्चु विक

तस्वीरः बच्चु विक

शुक्लाफाँटा वन्यजन्तु आरक्षको क्यान्भासमा वैशाख पहिलो साता चञ्चल बाह्रसिङ्गा (वैज्ञानिक नाम सर्भस डुभासेली) का झुण्डले यसरी नयाँ रंग थपे। ३०५ वर्गकिलोमिटरमा फैलिएको आरक्षको ५४ वर्गकिमि घाँसे मैदानमा ढल्दो सूर्यको किरण लम्बिंदै गर्दा संसारकै ठूलो बाह्रसिङ्गाको वथान आकाशबाट झारेझै लाग्थ्यो। यो आरक्षमा २०६६ सालमा १ हजार ७१५ बाह्रसिङ्गा रहेकोमा ४ वैशाख २०७० को गणनामा १ हजार २८० पोथी, ५०५ भाले र २८५ पाठापाठीसहित २ हजार ७० पुगेका छन्। पाकिस्तान र बङ्गलादेशमा लोप भइसकेको यो प्रजातिको मृग संसारभरि ५००० हाराहारीमा रहेको अनुमान छ। शुक्लाफाँटामा चोरी शिकारी र खोरेत रोग नियन्त्रणसँगै सुहाउँदो वासस्थान, सिमसार र घाँसे मैदान पाएकोले बाह्रसिङ्गा बढेका हुन्।

comments powered by Disqus

रमझम