२२ वैशाख २०७० | 5 May 2013

सात आरोहीलाई सम्मान

Share:
  

तस्वीर: ऋषिराम कट्टेल
सम्मानपछि मुख्यसचिव लीलामणि पौडेल तथा हिमाल मिडियाकी अध्यक्ष अम्बिका श्रेष्ठ र प्रकाशक कनकमणि दीक्षितका साथ 'सेभेन समिट वुमन टीम'।

हिमाल मिडियाले सातै महादेशका अग्ला हिमाल आरोहण अभियानमा रहेको 'सेभेन समिट वुमन टीम' लाई ९ वैशाखमा सम्मान गर्‍यो। ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा सरकारका मुख्य सचिव लीलामणि पौडेल, हिमाल मिडियाकी अध्यक्ष अम्बिका श्रेष्ठ, प्रकाशक कनकमणि दीक्षित र सम्पादक किरण नेपालले आरोहीहरूको खुलेर प्रशंसा गरे। पाँच वर्षअघि सगरमाथा आरोहण गरेको यो नेपाली महिला टोली अफ्रिका महादेशको किलिमञ्जारोलगायत चार महादेशका अग्ला हिमशिखरमा पुगिसकेको छ। टोलीमा निम्डोमा शेर्पा, शैली बस्नेत, आशा कुमारी सिंह, पूजन आचार्य, पेमा डिकी शेर्पा, माया गुरुङ र चुनु श्रेष्ठ छन्।

कार्यक्रममा प्रकाशक दीक्षितले आगामी वर्ष अन्टार्कटिकाको हिमाल चढ्दा नेपालको मात्र नभई दक्षिणएशियाकै झण्डा फहराउन सुझाव दिंदै महिला आरोहीहरूको साहसले आरोहण क्षेत्रसँगै नेपाली समाजमा पारेको प्रभावको समाजशास्त्रीय लेखाजोखा हुन बाँकी रहेको विचार व्यक्त गरे। समूहकी संयोजक शैली बस्नेतले विश्वका अग्ला चार हिमाल चढ्दाको सचित्र अनुभव सुनाइन्। हिमाल खबरपत्रिकाको पूर्व संवाददाता शैलीले शिखरहरूमा हिमाल मिडियाको लोगो अंकित झण्डा पुर्‍याउने गरेकी छन्।

comments powered by Disqus

रमझम