२२ वैशाख २०७० | 5 May 2013

फिल्मबाट संस्कृति संरक्षण

Share:
  

१२ वैशाखबाट राजधानीमा जारी इन्डिजिनियस फिल्म अर्काइभ (आईएफए) को सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव आज सकिंदैछ। 'सञ्चारमा आदिवासीको समान पहुँच र सहभागिता'नाराका साथ राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजित यो महोत्सवका लागि १८ देशका ५० फिल्म छानिएका थिए।

नेपालका धिमाल, गुरुङ, चेपाङ, मगर, राई, लिम्बू, नेवार र थारु जातिका २३ वृत्तचित्र, फिचर फिल्म र म्युजिक भिडियो प्रदर्शन हुँदैछ। फिल्मसँगै नेपालका आदिवासी समुदायको खानपान पनि महोत्सवको विशेषता बन्यो। आयोजक संस्थाका अध्यक्ष नवीन सुब्बाले यो महोत्सव आदिवासी संस्कृति संरक्षण गर्ने औजार भएको बताए।

comments powered by Disqus

रमझम