२२ वैशाख २०७० | 5 May 2013

कहाँ के?

Share:
  

ग्राफिक भोइसेसः बेचबिखनमा परेका मानिसले भोगेका दर्दनाक पीडामाथि डान आर्करको ग्राफिक प्रदर्शनी ३१ वैशाखसम्म। शनिबार बाहेक बिहान १० देखि साँझ पाँच बजेसम्म। स्थानः इमेज आर्क ग्यालरी कुलिम्हा टोल, पाटन।

हिमालयन आउटडोर फेस्टिभलः २०–२२ वैशाखमा काठमाडौंको दोस्रो वार्षिक आउटडोर फेस्टिभल अन्तर्गत दौड, साइक्लिङ, क्यानोनिङ, रक क्लाइम्बिङलगायतका रोमाञ्चक खेलसहितको कार्यक्रम।

विस्तृत जानकारीका लागिः www.himalayanoutdoorfestival.com

उकुसमुकुसः काठमाडौंको दैनिक जनजीवन उतारिएको कलाकारद्वय कञ्चन बुढाथोकी र पलिस्था कक्षपतिको पेन्टिङ र मल्टिमिडिया प्रदर्शनी १५–२९ वैशाखमा।

समयः बिहान १०:३० देखि साँझ ६ बजेसम्म।

स्थानः पार्क ग्यालरी, पुल्चोक।

सम्पर्कः (०१)५५२२३०७

काठमाडौं बाइक फेस्टिभलः २१ वैशाख बाइक स्टण्ट, ट्याटु, लाइभ म्युजिक, स्वादिष्ट खाना र बाइक प्रेमीहरुका लागि अन्तरदेशीय, अन्तरस्कूल प्रतियोगिता।

स्थानः ज्ञानोदय स्कूल, सानेपा ललितपुर।

डच क्वीन डेः नेदरल्याण्डमा नयाँ राजाको गद्दी आरोहणको अवसरमा १७ वैशाखको दिउँसो १२:३० देखि साँझ ५ बजेसम्म होटल समिटमा विशेष कार्यक्रम।

सम्पर्कः (०१) ५५२३४४४,५५२१८१०

रंगको प्रारम्भः नेपालका लागि ब्राजिलका राजदूत म्याक्रोज् दुप्रातको पेन्टिङ प्रदर्शनी १९ वैशाखसम्म।

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल।

काव्यिक देशः नेपाल र नेपालीपनमाथि समकालीन कविताहरु।

स्थानः महावीर सेन्टर फर नेपाल कनेक्सन, ठमेल।

समयः अपरान्ह ४ देखि ६:३० बजेसम्म।

फरक स्वादः १४ जेठसम्म हरेक मंगलबार साँझ ६ बजे रोमन चलचित्र र संगीतमा रमाउने अवसर।

स्थानः ब्याक पेपर पब, झम्सीखेल।

शुल्कः रु.९५०

अनुभूतिः २१ वैशाखसम्म आठ नेपाली कलाकार महिलाको कला प्रदर्शनी।

स्थानः नेवा छेन कुलिम्हा टोल, पाटन दरबार क्षेत्र।

समयः बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।

नाटकः काठमाडौंका एक दम्पती ११ वर्षे छोराको सम्बन्धमा जारी झगडालाई शान्तिपूर्ण तवरले टुंग्याउन भेट्छन्। विनम्र र भद्र ढंगले शुरु भएको बातचित मदिरा सेवनसँगै आवेग, अहंकार, घृणा, आरोप–प्रत्यारोप र एकअर्काको भण्डाफोरको तहमा पुग्छ।

कलाकारः कर्मा, समुना केसी, सुवास थापा, झरना बज्राचार्य।

निर्देशकः सबिन लेहम्यान।

मञ्च सज्जाः लुड्मिल्ला हन्गरहुबर संगीतः जोगोरी

शुल्कः ८००

मितिः २० वैशाखदेखि ५ जेठसम्म।

समयः साँझ ७.१५ बजे

सम्पर्कः (०१) ४२७१५४५

[email protected]

comments powered by Disqus

रमझम