२२ वैशाख २०७० | 5 May 2013

स्वादे जिब्रोलाई हङ्ग्री आई

Share:
  

धरान, भानुचोकस्थित साधना भवनको चौथो तल्लामा रहेको लिफ्टको सुविधायुक्त हङ्ग्री आई रेस्टुरेन्ट नेपाली र विदेशी परिकारका लागि लोकप्रिय छ। डेढ वर्षदेखि संचालित यो रेस्टुरेन्टमा एसीयुक्त लाउन्ज बार, बीबी क्यूको लागि रुफ टफ गार्डेन र फाइन डाइनिङ हलको पनि सुविधा छ।

हङ्ग्री आईको लोकल कुखुराको परिकार, पोर्चुगिज इन्चिलादा (रोल), लेमन चिकन आदिले धेरैको जिब्रो लठ्याएको छ। यहाँ विदेशीमा चाइनिज, इण्डियन, थाई, इटालियन परिकार पाइन्छ। पारिवारिक वातावरण भएको यो रेस्टुरेन्ट बर्थ डेलगायतका पार्टी र सेमिनारका लागि पनि उपयुक्त छ। हाइजेनिक परिकार र विविधताका कारण पनि यो रेस्टुरेन्ट धेरैको रोजाइमा छ।

सीता मादेम्बा

comments powered by Disqus

रमझम