७-१३ कात्तिक २०७३ | 23-29 October 2016

पहिलो ग्राहकलाई टेलिभिजन

Share:
  

सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले २१ असोजमा सार्वजनिक गरेको क्वान्टम डट टेक्नोलोजीयुक्त एसयूएचडी टेलिभिजन 'बूक' गर्ने पहिलो ग्राहकलाई टेलिभिजन उपहार दिएको छ।

उपहार पाउनेमा नैकापका बिक्रमप्रसाद साह छन्। साहलाई सामसुङ प्लाजाकी निर्देशक सीमा गोल्छाले एसयूएचडी टीभी हस्तान्तरण गरेकी हुन्। ५५ इन्चको एसयूएचडी टीभी २८ असारदेखि ३० भदौको अवधिमा बुक गरेका साहले रु.८८ हजार ९०० को सामसुङ ग्यालेक्सी एस सेभेन तथा सामसुङ गियर भीआर पनि उपहार पाएका छन्।

एलईडी टेलिभिजन उपहार

रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका दोस्रो साप्ताहिक विजेताको नाम घोषणा गरेको छ।

'सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्' उपहार कार्यक्रम अन्तर्गत आशिष पौडेल दोस्रो साप्ताहिक पुरस्कार विजेता बनेका छन्। पुरस्कारस्वरुप उनले ३२ इन्चको एलईडी टेलिभिजन उपहार पाएका छन्। यो योजनाअन्तर्गत एक जनालाई काठमाडौंमा चार आना घडेरी प्रदान गरिने जनाएको छ।

हिमालय को कोलम्बो अफर

हिमालय एअरलाइन्सले जाडो मौसममा परिवारसहित श्रीलंकाको कोलम्बो घुम्न जाने यात्रुका लागि आकर्षक योजना ल्याएको छ। जस अन्तर्गत दुईतर्फी भाडादर प्रतिव्यक्तिः रु.३५ हजार १५२ तोकिएको छ। यात्रामा कम्तीमा दुईजना अनिवार्य हुनुपर्नेछ। १६ पुससम्म लागू हुने यो योजना अन्तर्गत यात्रुले १४ कात्तिकसम्म टिकट खरीद गर्न सक्ने छन्।

हिमालय एअरलाइन्सले १८ जेठबाट दोहा, कतारमा उडान भरेर पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान थालेको थियो। अबको केही महीनाभित्रै हिमालय ले दिल्ली, याङ्गुन, दमाम, बेइजिङ, ल्हासा, चेंगदु, बैंकक्, हङकङ र दुबईमा पनि उडान गर्ने योजना बनाएको एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए।

बीएनटी स्पोर्टस् जुत्ता बजारमा

गोल्डस्टार जुत्ता उत्पादन गर्दै आइरहेको किरण शूज म्यानुफेक्चरर्सले बीएनटी स्पोर्टस् जुत्ता बजारमा ल्याएको छ। कम्पनीले दीपावलीको अवसर पारेर बीएनटी ब्रान्ड बजारमा ल्याएको जनाएको छ। देशभर एकैसाथ बिक्री शुरु गरेको बीएनटी सस्तो, राम्रो र बलियो भएको कम्पनीको दाबी छ।

comments powered by Disqus

रमझम