२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

टाटा को टिगोर

Share:
  

टाटा को टिगोर टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टिगोर सार्वजनिक गरेको छ।

१.२ लीटर पेट्रोल इन्जिन र मल्टी ड्राइभ मोड (इको र सिटी) मा उपलब्ध कारमा डुअल एयर ब्याग, एन्टी ब्रेकिङ सिस्टम (एबीएस) लगायतका विशेषता छन्।

एक्सई, एक्सटी, एक्सजेड, र एक्सजेड–ओ भेरियन्टमा उपलब्ध टिगोर कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू र बेरी रेडसहित ६ रंगमा उपलब्ध छ।

चार वर्ष वा ७५ हजार किलोमिटर वारेण्टी रहेको टिगोरको मूल्य रु.२३ लाख ४५ हजार रहेको छ।

टीभीएस को स्ट्राइकर–१२५

नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ईको थ्रष्ट इन्जिनयुक्त टीभीएस स्ट्राइकर–१२५ मोटरसाइकल सार्वजनिक गरेको छ।
स्ट्राइकरमा इलेक्ट्रिक स्टार्ट, एलइडी टेल ल्याम्प, डिजिटल स्पीडोमिटर, ट्युबलेस टायरलगायतका विशेषता रहेका छन्। तीन रंगमा उपलब्ध टीभीएस स्ट्राइकर–१२५ ले प्रति लीटर ६७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। यसको मूल्य रु.१ लाख ७४ हजार ९०० छ।

सामसङ को जे–सेभेन म्याक्स

सामसङ इलेक्ट्रोनिक्सले सामसङ ग्यालेक्सी जे–सेभेन म्याक्स नेपाली बजारमा भित्र्याएको छ। यसमा फिङ्गर प्रिन्ट सेन्सर, फेस रिकग्निसन, ४ जीबी र्‍याम तथा ३२ जीबी मेमोरी, तीन हजार ३०० एमएएचको ब्याट्री र ५.७ को एचडी डिस्प्ले, १३ मेगापिक्सलको फ्ल्याससहितको फ्रन्ट क्यामेरा रहेको छ। कालो र गोल्डेन रंगमा उपलब्ध जे–सेभन म्याक्सको मूल्य रु.२८ हजार २९० रहेको छ।

रिनीगेड का नयाँ बाइक

आईएमई ग्रुपअन्तर्गतको आईएमई अटोमोटिभ्स प्रालिले रिनीगेड सेग्मेन्टका दुई नयाँ मोटरसाइकल 'रिनीगेड कमान्डो ३००' र 'रिनीगेड स्पोर्टस् एस ३००' नेपाल भित्र्याएको छ।

उत्कृष्ट माइलेज, फोर स्ट्रोक इन्जिन, आकर्षक डिजाइन, डिजिटल मिटरलगायतका विशेषता रहेको रिनीगेड मोटरसाइकलमा १८ लीटर क्षमताको इन्धन ट्यांकी जडित छ। रिनीगेड कमाण्डो ३०० को मूल्य रु.४ लाख ९२ हजार र रिनीगेड स्पोर्टस् एस ३०० को मूल्य रु.४ लाख ९९ हजार छ।

वर्लपुल को वाटर प्युरिफायर

अमेरिकी कम्पनी वर्लपुल को वाटर प्युरिफायर नेपाली बजारमा आएको छ। प्युराट्रोन वाटर प्युरिफायरमा भएको इलेक्ट्रो एडस्रोप्सन प्रविधिले पानीलाई शुद्ध बनाउने कम्पनीको दाबी छ।

प्रशोधनको क्रममा पानी खेर नजाने विशेषता रहेको प्रशोधकमा रिभर्स अस्मोसिस प्रविधिको प्रयोग गरिएको कम्पनीको दाबी छ। यसको मूल्य रु.१९ हजारदेखि रु.३४ हजारसम्म रहेको छ।

पल्सर डेयर भेन्चरको घोषणा

हंसराज हुलास चन्दले सामसङ सँगको सहकार्यमा 'पल्सर डेयर भेन्चर' को तेस्रो सिजनको घोषणा गरेको छ।

'न्यू रुट, न्यू थि्रल्स, अ कल फर फियरलेस राइडर्स' ट्यागलाइन राखिएको प्रतियोगितामा १० जनाले प्रतिस्पर्धा गर्न पाउनेछन्। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु.१० लाख र पल्सर एनएस, रु.५ लाख र पल्सर एनएस तथा पल्सर एनएस पाउने छन्। कुनै पनि ब्राण्डका बाइकमार्फत निःशुल्क प्रतियोगितामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ।

सिटीजन्स ब्यांक इन्टरनेशनल लिमिटेडले अनलाइनमार्फत धितोपत्रको दरखास्त लिन थालेको छ। आईपीओ/एफपीओमा अनलाइनमार्फत निःशुल्क दरखास्त दिने सकिने व्यवस्था गरेको ब्यांकले आस्वा सेवा पनि निःशुल्क गरेको जनाएको छ।

एनआईसी एशिया ब्यांकले युके एडद्वारा सञ्चालित सक्षम परियोजनासँगको सहकार्यमा बाजुरा सदरमुकाम मार्तडीमा ब्यांकिङ सेवा शुरु गरेको छ। मार्तडी शाखाबाट व्यावसायिक कृषि, लघुउद्यम, कृषिऔजार, विप्ान्न वर्ग तथा साना व्यापार कर्जा उपलब्ध गराइने जनाएको छ। एनआईसी एशिया ब्यांकका ११९ शाखा कार्यालय, ७८ एटीएम तथा चार वटा विस्तारित एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्।

comments powered by Disqus

रमझम