१-७ असोज २०७४ | 17-23 September 2017

माइक्रोम्याक्स का नयाँ मोबाइल

Share:
  

माइक्रोम्याक्स ले नयाँ मोबाइल एक्स–७३०, एक्स–७४०, क्यू–३००१ र क्यू–३३०१ सार्वजनिक गरेको छ। २.४ इन्चको स्त्रि्कन, ८ जीबीसम्म विस्तार गर्न सकिने मेमोरी, दुई वटा सिम तथा १३०० एमएएचको ब्याट्री रहेको एक्स–७३० मोबाइलको मूल्य रु.१,८९२ छ। त्यस्तै २.४ इन्चको स्त्रि्कन, दुई वटा सिम, १८०० एमएएचको ब्याट्री भएको एक्स–७४० को मूल्य रु. २,०३५ रहेको छ।

त्यसैगरी क्यू–३००१ मा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, ५१२ एमबीको र्‍याम तथा ४ जीबीको रोम राखिएको छ। एन्ड्रोएड ६.० मार्शमाल्लो अपरेटिङ्ग सिस्टम रहेको यसमा १४०० एमएएचको ब्याट्री रहेको छ। यसको मूल्य रु.५,०६० तोकिएको छ। त्यस्तै रु.५,७२० मूल्य रहेको क्यू–३३०१ मा ५१२ एमबीको र्‍याम, ४ जीबीको रोम, ५ मेगा पिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।

फेसिनो चार रंगमा

यामाहा को फेसिनो स्कूटर ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार ड्युल टोन रंगमा बजारमा आएको छ। फेसिनोमा ११३ सीसीको एयर–कुल्ड एसओएचसी इन्जिन रहेको छ। बीएस–४ मापदण्डको इन्जिनले ७५०० आरपीएममा ७.१ पीएस बराबरको अधिकतम पावर र ५००० आरपीएममा ८.१ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ।

फेसिनोमा स्टाइलिस मिटर कन्सोल, आकर्षक हेड ल्याम्प, ड्युअल टोन कलर स्किम, आकर्षक ग्राफिक्स, थ्रीडी लोगो, क्रोम फिनिसिङसहितको रियर भ्यु मिरर, २१ लिटरको बुटलगायतका विशेषता रहेका छन्। किक र इलेक्ट्रिक स्टार्टको सुविधासहित १०३ केजी तौल रहेको फेसिनोको मूल्य रु.१ लाख ९४ हजार ९०० छ।

सिभिल को घर उपहार

सिभिल होम्सले दशैं–तिहारको बम्पर अफरअन्तर्गत घर किन्दा घरै उपहार योजना ल्याएको छ। यो योजनाअन्तर्गत सिभिल होम्सका घर बुकिङ गर्दा प्रत्येक ग्राहकले रु.५ लाख छूट र एक वर्षको निःशुल्क बीमाको सुविधा पाउनेछन्।

त्यसैगरी बम्पर उपहारमा 'सिभिल होम्स' धापाखेलको फेज–आईभीको ब्लक–बी मा अपार्टमेन्ट जित्न सक्ने कम्पनीले जनाएको छ।

हिमस्टार का नयाँ वाशिङ मेशीन

हिम इलेक्ट्रोनिक्स प्रालिले लण्ड्री लाइनअपमा चार मोडलका नयाँ वाशिङ मेशीन सार्वजनिक गरेको छ। जसअन्तर्गत ६.५ केजीको एक टप लोडिङ्ग र ६.५ केजीदेखि १० केजी क्षमतासम्मका तीन फ्रन्ट लोडिङ्ग वाशिङ मेशीन रहेका छन्।

टप लोडिङ मोडलमा एलईडी डिस्प्लेसहितको इलेक्ट्रोनिक कन्ट्रोल, अटो ब्यालेन्स सिस्टम, ओभरहिटिंग कन्ट्रोल तथा ६८० आरपीएमको स्पीन स्पीड रहेको छ। एक वर्षको वारेण्टी रहेको यी वाशिङ मेशीनको मूल्य रु.३२ हजार ५९० देखि रु.६८ हजार २९० सम्म रहेको छ। साथै ग्राहकले प्रत्येक वाशिङ मेशीनको खरीदमा हिमस्टार को स्टीम आइरन पाउने कम्पनीले जनाएको छ।

क्यानभास वाइन बजारमा

संकटा वाइन एण्ड वेभरेज प्रालिले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन सार्वजनिक गरेको छ। काभ्रेको नालामा प्लान्ट रहेको संकटा वाइन एण्ड वेभरेजले युरोपियन प्रविधिबाट वाइन उत्पादन गर्दै आएको छ। विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य रु.४९० रहेकोे छ।

कोका–कोला को मेगा अफर

कोका–कोला नेपालले दशैं–तिहारको अवसरमा 'मन खोलौं कोकसँग' मेगा अफर सार्वजनिक गरेको छ। २० भदौदेखि ३० असोजसम्म वा स्टक उपलब्ध रहेसम्म सञ्चालन हुने यो अफरमा विभिन्न किसिमका उपहार राखिएको छ।

मेगा अफरमा एउटा टीभीएस स्ट्राइकर १२५ सीसी प्रत्येक दिन जित्न सकिनेछ। त्यस्तै दैनिक ४ वटा एलजी एलईडी टिभी र ई–सेवाको माध्यमबाट दैनिक ४०० जनाले रु.१०० को मोबाइल रिचार्ज पाउन सक्नेछन्। यसका लागि लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ देखि बेलुकी ७ बजेभित्र एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ।

माछापुच्छ्रे ब्यांक लिमिटेडले ब्यांकिङ कारोबार शुरु गरेकोे १७ वर्ष पूरा भएकोे अवसरमा 'माछापुच्छ्रे महोत्सव' आयोजना गरेको छ। असोज मसान्तसम्म चल्ने महोत्सवमा निःशुल्क डेबिट कार्डका साथै कर्जा सेवा शुल्क, वार्षिक लकर शुल्क, माछापुच्छ्रे मोबाइल मनी र माछापुच्छ्रे क्रेडिट कार्डमा छूटको व्यवस्था गरेको छ। ब्यांकले ६२ शाखा, चार एक्स्टेन्सन काउण्टर, चार शाखारहित सेवा तथा ८१ एटीएमबाट सेवा दिइरहेको छ।

comments powered by Disqus

रमझम