२४ मंसिर - १ पुस २०७४ | 10-16 December 2017

डाबर का दुई मक्टेल

Share:
  

डाबर नेपाल ले रियल मक्टेल अन्तर्गत फरक स्वादका पिना कोलाडा र भर्जिन म्यारी जुसको बिक्री शुरु गरेको छ । आकर्षक एक लिटरको टेट्रा प्याकमा उपलब्ध रियल मक्टेलको मूल्य रु.२२० तोकिएको छ । परिवार तथा साथीहरुसँग बसेर मक्टेलको स्वाद लिन चाहनेका लागि यी मक्टेल्स उत्तम विकल्प हुने कम्पनीको दाबी छ ।

ओप्पो को एफ फाइभ

ओप्पो मोबाइलले ६ जीबी र्‍यामयुक्त एफ फाइभ मोबाइल फोन ल्याएको छ । कालो रङको यो फोनको मूल्य रु.४४ हजार ९९० राखिएको छ । एफ फाइभ युथ भने रु.२७ हजार ९९० मा पाइनेछ । फोनमा ६४ जीबी रोमसहितको उत्कृष्ट प्रोसेसर जडान गरिएको छ । एआई ब्युटिफिकेसन प्रविधिजडित फोनमा ६ इन्चको एचडी फुल स्क्रिन डिस्प्ले राखिएको छ । एफ फाइभ युथमा १६ एमपी सेल्फी क्यामेरा, १३ एमपी रियर क्यामेरा जडान गरिएको छ ।

डिभाइन को नयाँवर्षे योजना

डिभाइन वाइनको बिक्रेता महाकाली वाइन प्रालिले ‘नयाँ वर्ष २०१८’ लक्षित नयाँ योजना ल्याएको छ । योजनाअन्तर्गत डिभाइन वाइनका प्रयोगकर्तामध्ये एकजनाले हरेक हप्ता मोटोरोला स्मार्टफोन र हरेक १५ दिनमा स्काईवर्थ को ३२ इन्च एलइडी टेलिभिजन उपहार पाउने छन् । त्यसैगरी, बम्पर उपहारस्वरुप एकजनाले थाइल्याण्ड घुम्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ । विजेताको छनोट ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना १५ मंसीरदेखि १७ माघसम्म चल्ने कम्पनीले जनाएको छ ।

कलर्स को एस–१

कलर्स मोबाइलले नयाँ एस शृंखलाको एस–१ ल्याएको छ । कम्पनीले ‘स्टायल एण्ड सेल्फी’ ब्यानरअन्तर्गत प्रस्तुत गरेको मोबाइलको अगाडि र पछाडिको भागमा क्रमशः ८ र ५ मेगापिक्सेलका क्यामेरा छन् । ५ इन्चको डिस्प्ले, ८ जीबी आन्तरिक स्टोरेज क्षमताको यो मोबाइलमा १ जीबीको ¥याम छ । नवीनतम एन्ड्रोइड एन (नोगट ७.०) अपरेटिङ सिस्टम भएको मोबाइलको बजार मूल्य रु.९ हजार ९९५ छ । मोबाइल खरीदमा एनसेल मार्फत तीन महीनासम्मका लागि १०० एमबी डाटा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

ग्राण्ड मास्टर रम

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजअन्तर्गतको विजय डिस्टिलरीले ग्राण्ड मास्टर रम सार्वजनिक गरेको छ । जाडोका बेला रम पारखीहरूका लागि नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । ७५०, ३७५ र १८० मिलिलिटरमा उपलब्ध यो रमको मूल्य क्रमशः रु.१४००, रु.७०० र रु.३५० तोकिएको छ ।

सन् २०१७ को ‘ब्यांक अफ दी इयर’ उपाधि एनएमबी ब्यांकले पाएको छ । प्रत्येक वर्ष बेलायतबाट प्रकाशित हुने फाइनान्सियल टाइम्स ले उत्कृष्ट वाणिज्य ब्यांकलाई यो उपाधि दिंदै आएको छ । ब्यांकले शेयर होल्डरलाई प्रदान गरेको लाभांश, वित्तीय कार्यक्षमतालगायत मानकहरुको आधारमा उत्कृष्ट ब्यांक छनोट गरिने पत्रिकाले जनाएको छ । एनएमबी ब्यांकले एफएमओ नेदरल्याण्डस्सँग सहकार्य गर्दै आएको छ । एनएमबी ब्यांक ग्लोबल एलायन्स फर ब्यांकिङ अन भ्यालुज (जीएबीभी) को सदस्य समेत हो ।

नबिल ब्यांक लिमिटेडले एकैदिन १० नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ब्यांकले वीरेन्द्रनगर (सुर्खेत), टीकापुर (कैलाली), पोखरा (कास्की), लमही (दाङ), टाँडी (चितवन) लगायत १० स्थानमा शाखा सञ्चालन गरेको हो । ग्राहकलाई सहज ब्यांकिङ सेवा उपलब्ध गराउन नयाँ शाखा सञ्चालनमा ल्याएको ब्यांकले जनाएको छ । थपसहित ब्यांकको शाखा सङ्ख्या ६२, एक्सटेन्सन काउन्टर २, एटीएम १०० र नबिल रेमिट एजेन्ट १,५०० भन्दा बढी पुगेका छन् ।

ग्लोबल आईएमई ब्यांक र भारतको एक्सिस ब्यांकबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौताअनुसार भारतको एक्सिस ब्यांकबाट पठाएको रकम नेपालको ग्लोबल आईएमई ब्यांक, आईएमई रेमिटेन्स र बेष्ट रेमिटका सबै शाखाबाट भुक्तानी गर्न सकिनेछ । भारतमा एक्सिस ब्यांकका तीन हजार बढी शाखाहरु छन् भने नेपालमा ग्लोबल आईएमई ब्यांकका १०८ शाखा आईएमई रेमिटेन्सका ६ हजार तथा बेष्ट रेमिटका चारहजार केन्द्र रहेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘लक्की ड्र’ मार्फत ‘उत्सव एक्सप्रेस’ योजनाका अन्तिम हप्ताका विजेताहरु घोषणा गरेको छ । जसअनुसार सात जनाले चाँदीको सिक्का, दुई जनाले ओप्पो फोन जित्न सफल भएका छन् । एक जना विजेताले भने एलजी को रेफ्रिजेरेटर पाएका छन् ।

comments powered by Disqus

रमझम