४-१० चैत २०७४ | 18-24 March 2018

‘सिलेरियो एक्स’ बजारमा

Share:
  

सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ‘सिलेरियो एक्स’ बजारमा ल्याएको छ । यसमा डुअल एयर ब्याग र एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) को विशेषता छ । एरोडाइनामिक शैली र गाडीको अगाडि भागमा एक्स थिममा आधारित ग्राफिक्स रहेको यो गाडी आर्कटिक ह्वाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन, टर्क ब्लू र अरेन्ज सिग्नेचर रंगमा उपलब्ध छ ।

‘पर्फेक्ट फेमिली कार’ को उपमा दिइएको यो गाडीमा अडियो माउन्टेड कन्ट्रोलसहितको म्युजिक सिस्टम, कि–लेस इन्ट्री, चालक सिटको उँचाइ घटबढ, सिट बेल्ट रिमाइन्डरलगायतका सुविधा राखिएको छ । के–नेक्सट इन्जिनयुक्त यो गाडीले २३.१ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ । यसको बजार मूल्य रु.२६ लाख ९९ हजार तोकिएको छ ।

नयाँ वर्षमा बजाज युगारम्भ

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७५ लक्षित बजाज युगारम्भ योजना सार्वजनिक गरेको छ । नयाँ नेपालको नयाँ शुभारम्भ नारासहितको यो योजनाले युवाहरुमा विकासको युग आरम्भ भएको सन्देश प्रवाह गर्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत बजाजका जुनसुकै मोटरसाइकलको खरीदकर्ताले तत्काल रु.७ हजार ५०० नगद छूट पाउनेछन् । साथै, हरेक खरीदकर्तालाई हरेक दिन हुने लक्की ड्रमा समावेश गराइने र भाग्यशाली ग्राहकले रु.७५ हजार जित्नेछन् ।

यसैबीच, बजाजले दाङको तुलसीपुरमा नयाँ शोरुम स्थापना गरेको छ । क्रस बोर्डर प्रालिमार्फत सञ्चालित नयाँ शोरुममा थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरको सुविधा उपलब्ध हुनेछ ।

सामसङको एस–९ र एस–९ प्लस

सामसङले नेपाली बजारमा ग्यालेक्सी एस–९ र एस–९ प्लस भित्र्याएको छ । यी स्मार्टफोनमा डुअल एपार्चर लेन्स, लो लाइट क्यामेरा तथा सुपर स्लो मोडमा भिडियो खिच्न सकिनेसहितका अत्याधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ । दुवै स्मार्टफोनमा भिडियो एडिट गर्न समेत सकिन्छ । एस–९ तथा एस–९ प्लसले प्रति सेकेण्ड ९६० फ्रेम क्याप्चर गर्न सक्ने सामसङले जनाएको छ । दुवै स्मार्टफोनमा इन्फिनिटी डिस्प्ले, डुअल पिक्सल सेन्सर, डेडिकेटेड प्रोसेसिङ पावरलगायतका विशेषता छन् ।

यसमा भएको यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्न भाषा तथा विदेशी विनिमय दरको जानकारी पनि दिनेछ । स्टेरियो स्पिकर, डल्बी डिजिटललगायत विशेषतासहितका दुवै स्मार्टफोनलाई मनिटर, किबोर्ड र माउस जस्ता उपकरणमा जडान गरेर डकुमेन्ट सम्पादन वा गेम खेल्न सकिने कम्पनीले जनाएको छ । वायरलेस चार्जिङको सुविधा रहेको स्मार्टफोनमा एसडी कार्डमार्फत ४०० जीबीसम्म मेमोरी बढाउन सकिन्छ । यी दुवैमा आइरिस, फिङ्गर प्रिन्ट तथा फेसियल रिकग्निशन जस्ता सुरक्षा संयन्त्र राखिएका छन् । ग्यालेक्सी एस–९ र एस–९ प्लसको बजार मूल्य क्रमशः रु.९२ हजार ९०० र रु.१ लाख ४ हजार ९०० तोकिएको छ ।

नयाँ वर्षमा यामाहाको आमन्त्रण

नयाँ वर्ष २०७५ को अवसरमा यामाहा मोटरसाइकल र स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आमन्त्रण योजना ल्याएको छ । योजनाअन्तर्गत यामाहाका मोटरसाइकल तथा स्कूटरको खरीदकर्ताले एउटा स्क्र्याच कुपन पाउनेछन्, जसमा रु. ५ हजारदेखि रु.५० हजारसम्म नगद छूट र शतप्रतिशतसम्म क्यास ब्याक पाउन सक्नेछन् । १ चैतदेखि वैशाख मसान्तसम्म चल्ने यो योजनाअन्तर्गत ग्राहकहरुले माउन्टेन फ्लाइटसहितका विभिन्न पुरस्कारसमेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

सिभिल ब्यांकले लमजुङको दूधपोखरी र मालिङमा नयाँ शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र ब्यांकका सञ्चालक रामजी रेग्मी र सिभिल ब्यांकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले दुवै शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

लक्ष्मी ब्यांकले पाल्पाको तिनाउ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाल्पामा लक्ष्मी ब्यांकको यो दोस्रो शाखा हो । यीसँगै लक्ष्मी ब्यांकको शाखा संख्या ७८ पुगेको छ ।

नबिल ब्यांकले पोखरास्थित न्यूरोड शाखामा प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नया“ तीन शाखा स्थापना गरेको छ । यीसँगै ब्यांकका शाखा सञ्जाल ६२ पुगेको छ ।

comments powered by Disqus

रमझम