२-८ वैशाख २०७५ | 15-21 April 2018

हुवावे का दुई नयाँ स्मार्टफोन

Share:
  

नेपालका लागि हुवावे स्मार्टफोनको वितरक कल मोबिलिटीले वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई–९, २०१८ र वाई–७ प्रो सार्वजनिक गरेको छ । वाई–९ मा एआर लेन्ससहित चार क्यामरा र फुलभ्यू डिस्प्ले, फेश रिकग्निजेशन, तीन जीबी ¥याम, ३२ जीबी रोमका साथ ईएमयूआई ८.० अपरेटिङ सिस्टमसहितका सुविधा छ । यसमा एफ/२.० एपर्चर सहितको १३ र २ मेगापिक्सलको रिअर क्यामरा पनि छ । त्यस्तै एफ/२.२ एपर्चरसहित १६ र २ मेगापिक्सलका दुईवटा फ्रन्ट क्यामरा रहेको छ । यसमा ४००० एमएएचको ब्याट्री र मेटल बडी छ ।

वाई–७ प्रोमा डुअल क्यामेरासहित फुलभ्यू डिस्प्ले, १३ र २ मेगापिक्सलको डुअल रिअर क्यामरा तथा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा सेल्फी टोनिङ प्mल्यास रहेको छ जसले प्रकाशलाई स्वतः मिलाउने काम गर्दछ । एआर मोड रहेको फ्रन्ट क्यामरामा पृष्ठभूमि परिवर्तन गर्न मिल्ने सुविधा समेत रहेको छ । यसमा ५.९९ इन्चको एचडी फुलभ्यू डिस्प्ले रहेको छ । वाई–९ र वाई–७ प्रो दुवै मोडलमा ट्रिपल सिम स्लट छ । जसमा दुई वटा सिम कार्डका साथै माइक्रो एसडी कार्ड पनि प्रयोग गर्न मिल्छ । हुवावे वाई–९ को मूल्य रु.२५ हजार ९०० र वाई–७ प्रो को रु.२० हजार ९०० तोकिएको छ ।

सीजी को ओमेगा–८

सीजी मोबाइल्सले ओमेगा–८ स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोइड नगेट ७.० अपरेटिङ सिस्टम र ५.५ इन्चको एचडी–आईपीएस डिस्प्ले रहेको छ । १८:९ रेसियो फुलभ्यू डिस्प्ले रहेको ओमेगा–८ मा १३ मेगापिक्सेलको क्यामरासहित ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि छ । यसमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर र २ जीबी ¥याम छ । फोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेजलाई माइक्रो एसडी कार्डको सहयोगले १२८ जीबीसम्म थप गर्न मिल्छ । ३००० एमएएचको ब्याट्री ब्याकअप रहेको ओमेगा–८ मा फिंगर प्रिन्ट सेन्सर, प्रोक्सिमिटी सेन्सर र लाइट सेन्सर, फोरजी नेटवर्क, स्मार्ट लकलगायतका विशेषता रहेका छन् । कम्पनीले एक वर्षको बीमासहित उपलब्ध गराएको ओमेगा ८ स्मार्टफोनको मूल्य रु.१२ हजार ९९९ तोकिएको छ ।

रोयल च्यालेन्ज बनेपाल लिकर्स प्रालिले रोयल च्यालेन्ज ह्विस्की बजारमा ल्याएको छ । गुणस्तरीय अनाजको मिश्रणबाट रोयल च्यालेन्ज तयार पारिएको कम्पनीले दाबी गरेको छ । रोयल च्यालेन्ज ७५० मिलिप्याकको मूल्य रू.१३६०, ३७५ मिलिप्याकको रू.६८० र १८० मिलिप्याकको रु.३४० तोकिएको छ । नेपाल लिकर्सले एन्टिक्विटी ब्लू, सिग्नेचर प्रिमियर, सिग्नेचर रेयर, म्याक्डोवल्स नम्बर वन ह्विस्की तथा म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम र ब्लू रिवाण्ड जीन उत्पादन गर्दै आएको छ ।   

एनआईबीएलएस क्यापिटल लिमिटेडले एकैसाथ वीरगञ्ज, बुटवल र विराटनगरमा तीन नयाँ शाखा विस्तार गरेको छ । नेपाल इन्भेष्टमेन्ट ब्यांकको सहायक कम्पनी एनआईबीएलएसले हालसम्म १ लाख ५० हजारभन्दा बढी हितग्राही खाता सञ्चालन गर्दै आइरहेको छ । एनआईबीएलएसले ब्यांक÷वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी तथा होटल गरी ३७ वटा कम्पनीहरूको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

एनआईसी एशिया ब्यांकले भारतको एक्सिस् ब्यांकसँग रेमिटेन्स सेवा दिने सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार एक्सिस् ब्यांकका ३,५०० भन्दा बढी शाखाबाट नेपालमा रकम पठाउन सकिनेछ । एक्सिस ब्यांकबाट पठाएको रकम नेपालमा रहेका एनआईसी एशिया ब्यांकका १९२ वटा शाखा तथा पाँच हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी पाउन सकिनेछ । एनआईसी एशिया ब्यांकका मुलुकभर १९३ एटीएम, चार एक्स्टेन्सन काउन्टर र चार शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा छन्  ।

सिभिल ब्यांंकले विपन्न वर्ग कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल ब्यांकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र विवेक अटोमोबाइल्सका कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिभिल ब्यांकले विपन्न वर्ग कर्जा कार्यक्रमअन्तर्गत इटालियन ब्राण्डको तीनपांग्रे सवारीसाधन ‘पियाजो’ मा ७० प्रतिशतसम्म लगानी गर्नेछ । यसले रोजगारी सिर्जना गर्ने ब्यांक र अटोमोबाइल्स दुवै कम्पनीले विश्वास लिएका छन् । ब्यांकले ५९ वटा शाखा तथा ९ शाखारहित ब्यांकिङमार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

रमझम