१-१५ भदौ २०६९ | 17-31 August 2012

युनिलिभरका विजेता

Share:
  

नेपालगञ्जकी पूर्णकुमारी भण्डारी र उनकी छोरी मेनुका भण्डारीको जोडी युनिलिभर नेपाल लिमिटेडको क्लिनिक प्लस हेल्दी हेयर कन्टेष्ट–४ को विजेता भएका छन्। यसैगरी काठमाडौंकी सुमित्रा श्रेष्ठले सनसिल्क ब्राइडल मेकअप र हेयर डु कम्पिटिसन जितेकी छन्। विजयीहरूलाई राजधानीमा स्पार्कल विथ द स्टार्स कार्यक्रम आयोजना गरी पुरस्कृत गरिएको कम्पनीले जनाएको छ। 
 
बर्ड का नयाँ मोडल
बर्ड मोबाइलको आधिकारिक बिक्रेता ग्याजेट्स नेपालले नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणित गरेर दुई नयाँ मोडल मोबाइल सेट बजारमा ल्याएको छ। टच स्त्रि्कनयुक्त भी–२२० (पिकक) र मध्यम वर्ग लक्षित के–३ (स्प्यारो) नेपाली बजारमा बिक्री शुरू गरेको कम्पनीले जनाएको छ। 
   
ज्यास्मिन तीज महोत्सव 
७ देखि १० भदौसम्म ११औं डाबर स्पेशल ज्यास्मिन तीज महोत्सव २०६९ को आयोजना हुने भएको छ। महिला सृजनशील केन्द्रद्वारा डाइरेक्शन नेपालको सहकार्यमा युनाइटेड वर्ल्ड टे्रड सेन्टरमा हुने कार्यक्रममा हस्तकला, सारी तथा कुर्ता, गिफ्ट सामग्री, गरगहना, मेहन्दी, मोबाइल तथा तीज सम्बन्धी सामग्रीका १०० भन्दा बढी स्टल हुनेछन्। 
 
क्लाइम्बिङ मेला
नर्थ फेसको प्रायोजनमा २ भदौमा हिमालयन आउट डोर फेस्टिबल हुने भएको छ। यसैगरी नेपाल सूत्रको आयोजनामा युवायुवतीमा पहाड चढ्ने बानीको विकास गराउने उद्देश्यले सोही दिन क्लाइम्बिङ मेला हुने भएको छ। ११ देखि १७ वर्ष उमेर समूहका १०० युवायुवतीले भाग लिने मेला एस्ट्रेक क्लाइम्बिङ वाल, भगवानवहाल ठमेलमा हुनेछ।  
  
नयाँ मारुती ए स्टार
मारुती सुजुकी कारको नेपालस्थित अधिकृत बिक्रेता सिजी अटोमोवाइल्सले नयाँ ए स्टार कारको बिक्री शुरू गरेको छ। प्रति लिटर इन्धनबाट १९ किलोमिटर गुड्ने नयाँ कारमा विभिन्न भित्री सुविधा थप गरिएको सिजी अटोमोबाइल्सले जनाएको छ। दुई मोडलमा उपलब्ध कारमध्ये ए स्टार भिएक्सआईको मूल्य रु.२० लाख ३३ हजार र ए स्टार जेडएक्सआईको मूल्य रु.२१ लाख ३३ हजार पर्नेछ।  
 
नयाँ अपाचे
टीभीएस मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता सिजी अटोमोवाइल्सले नयाँ मोडल र स्टाइलका अपाचे आरटीआर मोटरसाइकल बजारमा ल्याएको छ। नयाँ डिजाइन साथ थप क्षमताका १६० र १८० सिसीका मोटरसाइकलको अधिकतम गति क्रमशः प्रतिघण्टा ११८ र १२४ किलोमिटर हुने तथा मूल्य क्रमशः रु.२ लाख ९ हजार ९०० र २ लाख २३ हजार ९०० पर्ने जनाइएको छ।

ग्रोथ सेलर्सको वेब पोर्टल
मानव संसाधनको क्षेत्रमा कार्यरत ग्रोथ सेलर्स प्रालिले वेब पोर्टल सार्वजनिक गरेको छ। डब्लुडब्लुडब्लु डट ग्रोथ सेलर्स अनलाइन डटकममार्फत रोजगारी खोज्ने व्यक्ति तथा रोजगारदाताहरूलाई सुविधा हुने कम्पनीका अध्यक्ष मोहन ओझाले जानकारी दिए। 

रोजगारदाता र रोजगारी खोज्नेहरू बीचको मध्यस्थता गर्ने ग्रोथ सेलर्स जस्ता कम्पनीहरूमार्फत काम तथा दक्ष जनशक्तिको खोजी गर्ने क्रम अहिले बढेको छ। वेब पोर्टल सार्वजनिक भएपछि अब जो–कसैले आफूलाई पायक ठाउँबाट चाहिएको काम तथा कर्मचारी खोजी गर्न सक्नेछन्। विगत पाँच वर्षदेखि वार्षिक रूपमा एचआर मिट आयोजना गर्दै आएको यो कम्पनीले तीन जनालाई एचआर मेनेजर अफ द इयरबाट सम्मानित समेत गरिसकेको छ। कुनै पनि कम्पनीको व्यवस्थापकीय तथा रणनीतिक लक्ष्य प्राप्तिको प्रमुख आधार मानव संसाधन भएकाले यसको विकासमा विशेष जोड दिनुपर्ने अध्यक्ष ओझा बताउँछन्।

बैंक अफ काठमाण्डूले वैदेशिक रोजगार ब्याङ्किङ सेवा सञ्चालनमा ल्याएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीले कमाएको रकम आफन्तसम्म पुर्‍याउन, बचत गर्न र आवश्यक पर्दा कर्जा सुविधासहित यस्तो सेवा सञ्चालनमा ल्याइएको हो। ब्याङ्कले थप सुविधासहित बीओके किसान ब्याङ्किङ सेवा पनि सञ्चालनमा ल्याएको छ। यसअघि ब्याङ्कले लघु बचत, लघु मुद्दती, ग्रामीण महिला बचत र नव कोपिला बचत सेवा सञ्चालनमा ल्याइसकेको छ।
 
नेपाल इन्भेष्टमेन्ट ब्याङ्कले सहायक कम्पनी एनआईबिएल क्यापिटल लिमिटेड स्थापना गरेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट ब्याङ्करको लाइसेन्स पाएको कम्पनीले शेयर निष्कासन तथा बिक्रीमा वित्तीय सेवा प्रवाह गर्ने जनाइएको छ।

comments powered by Disqus

रमझम