३१ भदौ - ६ असोज २०७५ | 16-22 September 2018

हिरो को ‘एक्स्ट्रिम २०० आर’

Share:
  

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘एक्स्ट्रिम २०० आर’ सार्वजनिक गरेको छ ।

२०० सीसीको एअर कुल्ड इन्जिन सहितको एक्स्ट्रिममा एन्टी ब्रेकिङ सिस्टम (एबीएस), मोनो शक, डबल डिस्क जस्ता विशेषता छन् ।

प्रतिघन्टा ११४ किलोमिटर गति गुड्न सक्ने क्षमता भएको यो बाइक प्यान्थर ब्ल्याक र सिल्भर, टेक्नो ब्ल्यू र ब्ल्याक तथा स्पोर्ट रेड रंगमा उपलब्ध छ । यो बाइकको मूल्य रु.२ लाख ८६ हजार ५०० तोकिएको छ ।

हुण्डाई को फेस्टिभ डिलाइट योजना

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘हुण्डाई फेस्टिभ डिलाइट योजना’ ल्याएको छ । २१ भदौदेखि शुरु भएर २७ कात्तिकसम्म लागू हुने योजनामा ग्राहकले आकर्षक नगद छूट र एक वर्षको लागि निःशुल्क बीमाको सुविधा पाउनेछन् ।

त्यस्तै स्क्र्याच कार्ड मार्फत थप रु.१ लाखसम्मको नगद छूट, लक्की–ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत एक जनाले हुण्डाई एक्टिभ आई–२० र अर्को एक जनाले क्रेटा एसयूभी जित्न सक्नेछन् ।

कम्पनीले हुण्डाई का सम्पूर्ण गाडीमा तीन वर्षको वारन्टी र चार वर्षसम्म फ्रि सर्भिसिङको सुविधा दिइरहेको छ ।

नयाँ महिन्द्रा पिकअप

अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले महिन्द्रा पिकअपको नयाँ संस्करण सार्वजनिक गरेको छ ।

यसमा ६ गियर प्रणाली, १०३ किलोवाटको टर्बोडिजल इन्जिन र २५०० किलोग्राम भारवहन क्षमता छ । एस–१० डबल क्याब सहितको यो पिकअपमा रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल, नेभिगेशन, अटो क्लाइमेट कन्ट्रोल र मल्टीफङ्सन स्टेरिङ ह्विल लगायतका अत्याधुनिक विशेषता छन् ।

एन्टी ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्यूसन (इबीडी), डुअल एअर ब्याग, स्ट्याटिक बेन्डिङ कर्नरिङ ल्याम्प प्रविधि लगायत विशेषताका कारण यो गाडी निकै सुरक्षित र सुविधायुक्त छ । अग्नि इन्कर्पोरेटेड प्रा.लि. नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक हो ।

शिवम् प्लस ओपीसी सिमेन्ट

शिवम् सिमेन्टले ‘शिवम् प्लस ओपीसी’ सिमेन्ट बजारमा ल्याएको छ । शिवम् प्लस नेपाल गुणस्तर चिह्नका साथै आईएसओ–९००१, आईएसओ–१४००१, ओएचसीएएस– १८००१, आईएसआई र यूआरएस प्रमाणित सिमेन्ट हो । यसले निर्माण मजबूत र दिगो बनाउने कम्पनीले दाबी गरेको छ ।

शिवम् प्लस मकवानपुरगढी क्षेत्रमा रहेको आफ्नै खानीको चुनढुङ्गाबाट उत्पादन गरिएको छ । लेमिनेटेड बोरामा प्याकिङ गरिएको यो सिमेन्ट भण्डारण गर्दा गुणस्तरमा ह्रास आउँदैन ।

comments powered by Disqus

रमझम