२७ माघ - ४ फागुन २०७५ | 10-16 February 2019

जगशत्ति गोल्ड छड बजारमा

Share:
  
जगदम्बा इन्टरप्राइजेजको नयाँ उत्पादन जगशक्ति गोल्ड टीमएटी छड बजारमा आएको छ ।

नयाँ उत्पादनसँगै जगदम्बाले जगशक्ति गोल्ड छडको सद्भावना दूतमा कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।

त्यस्तै, जगदम्बा इन्टरप्राइजेजले धुर्मुस–सुन्तलीले चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि दुई वर्षसम्म जगशक्ति गोल्ड बारको प्रति टन बिक्रीबाट रु.२० उपलब्ध गराउने भएको छ ।

कम्पनीका अनुसार उत्पादनका क्रममा मेकानिकल ट्रिटमेन्ट गरिएका कारण छडमा कार्बन, सल्फर र फस्फोरसको मात्रा निकै कम छ ।

जगदम्बा इन्टरप्राइजेजले कालो पाइप, जीआई (फलामे) पाइप, विद्युतीय पोल, स्ट्रक्चरल पुल र ट्रस समेत उत्पादन तथा जडान गर्दै आएको छ ।

डिभाइन को प्रायोजन

श्री महाकाली वाइन प्रा.लि.को उत्पादन डिभाइन वाइन र ब्वाइज यूनियन क्लबबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार डिभाइन वाइनले क्लबलाई रु.१० लाख उपलब्ध गराएको छ । एक वर्षको सम्झौता अवधिभर क्लबको नाम ‘डिभाइन ब्वाइज यूनियन क्लब’ राखिनेछ ।

सम्झौतामा डिभाइन वाइनका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबका तर्फबाट अध्यक्ष निरजबहादुर राउतले हस्ताक्षर गरेका छन् ।

पल्सर राइड मेनिया

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले हरेक महीना ‘पल्सर राइड मेनिया’ आयोजना गर्ने भएको छ । यो योजना अन्तर्गत बजाज ले २३ माघमा पोखरामा ‘बजाज र्‍याली’ आयोजना गरिसकेको छ । पोखराका १५ जना पल्सर राइडरको सहभागिता रहेको उक्त र्‍याली पोखराबाट शुरु भएर घान्दु्रकसम्म पुगेको थियो ।

अब हरेक महीना पोखराबाट शुरु हुने ‘राइड मेनिया’ विभिन्न गन्तव्यमा जानेछ । एचएच बजाज ले पल्सरका विभिन्न सिरिज, डिस्कभर, एभेन्जर, प्लाटिना र भी सिरिजका बाइक बिक्री गर्दै आएको छ ।

सिभिल ब्याङ्क लिमिटेडले ‘सम्मान बचत खाता’ योजना शुरु गरेकोे छ । यो खाता अन्तर्गत रु.७ लाखसम्मको दुर्घटना बीमा र रु.१ लाखसम्मको औषधोपचार बीमा निःशुल्क उपलब्ध गराउने ब्याङ्कले जनाएको छ । बीमा सुविधा प्राप्त गर्न आफ्नो खातामा राख्नुपर्ने मौज्दातको कुनै बन्देज पनि छैन ।

न्यूनतम मौज्दात शून्य रहेको यो खाता खोल्ने ग्राहकका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल तथा इन्टरनेट ब्याङ्किङ सेवा, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएसको सुविधा समेत दिइने ब्याङ्कले जनाएको छ ।

ग्लोबल आईएमई ब्याङ्क लिमिटेड र गुल्मीको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदान दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्लोबल आईएमई ब्याङ्कले कृषकलाई दिएको ऋणको ५० प्रतिशत ब्याज मुसिकोट नगरपालिकाले ब्याङ्कलाई भुक्तानी गर्नेछ । सहुलियत दरमा कृषि ऋण उपलब्ध गराएर कृषि व्यवसायको प्रवद्र्धन गर्न सम्झौताले सघाउ पुर्‍याउने नगरपालिका र ब्याङ्क दुवैले विश्वास लिएका छन् । ब्याङ्कले कृषिको प्रकृति हेरी रु.२ लाखदेखि रु.१० लाखसम्म ऋण प्रवाह गर्नेछ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र ब्याङ्क अफ काठमाडौंबीच ब्याङ्कास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ब्याङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै ब्याङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा ब्याङ्क अफ काठमाडौंका सबै शाखाबाट लिन सकिनेछ ।

comments powered by Disqus

रमझम